विमान दुर्घटनाका ११ जनाको शव पोष्टमार्टम

२९ फाल्गुन २०७४

banner

काठमाडौँ। शिक्षण अस्पताल महाराजगंजले बंगाल एयर विमान दुर्घटनामा परी मृत्यु भएका ११ जनाको शव पोष्टमार्टम गरिएको जनाएको छ। 

अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले दुर्घटनामा परी मृत्य भएका ४९ शवमध्ये ११ जनाको पोष्टमार्टम रिर्पोट मंगलबार साँझसम्म तयार गरिएको जानकारी दिएका हुन्। उनले अस्पतालमा पत्रकार सम्मेलन गरी शव जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको पनि स्पष्ट पारे।

चिकित्सक श्रेष्ठले मृतकहरुको विवरण परिवारका सदस्यबाट लिने क्रमलाई पनि जारी राखिएको बताए। डिएनए परिक्षण गरेपछि मात्रै शव पहिचान हुने अस्पतालको भनाई छ।

सोमबार अवतरणको क्रममा बंगाल एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटना लगत्तै सरकारले घटनाको छानवीन गर्न नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »