सन् २०१८ शुरु भएपछि मात्रै ३४९ भुटानी शरणार्थी अमेरिकामा पुर्नस्थापित

२९ फाल्गुन २०७४

banner

काठमाडौँ । सन् २०१८ सुरु भएपछि मात्रै ३४९ जना भुटानी शरणार्थी अमेरिकामा पुर्नस्थापित भएका छन् । २०१८ को जनवरीमा २५७ र फेब्रुअरीमा ९२ जना भुटानी शरणार्थी अमेरिका आएका हुन् । 

यो संख्यासँगै  अमेरिका पुनर्स्थापनामा आउने भुटानीको संख्या संख्या ९५ हजार ७ सय ९८ पुगेको छ ।

२०१८ को मार्चमा भुटानी शरणार्थी पुनर्स्थापनाको एक दशक पूरा भएको छ। काठमाडौंस्थित युएनएचसिआर कार्यालयले जनाए अनुसार सन् २००८ मार्चमा भुटानी शरणार्थीको पहिलो खेम अमेरिका गएको थियो ।

सन् २०१७ को अन्तसँगै औपचारिक पुनर्स्थापना कार्यक्रम सकिए पनि प्रक्रियामा रहेका भुटानी शरणार्थीहरू सन् २०१८ भरि नै अमेरिकामा पुनर्स्थापनामा हुनेछन् । 

तेस्रो विश्वमा पुनर्स्थापित हुने भुटानी शरणार्थीमध्ये अमेरिका आउँनेको संख्या ८८ प्रतिशतको हाराहारीमा रहेको पनि काठमाडौंस्थित युएनएचसिआर कार्यालयले जनाएको छ।

उसका अनुसार सन् २०१७ को अन्तसँगै औपचारिक पुनर्स्थापना कार्यक्रम सकिए पनि प्रक्रियामा रहेका भुटानी शरणार्थीहरू सन् २०१८ भरि नै अमेरिकामा पुनर्स्थापनामा हुनेछन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »