दाँत दुख्ने तथा मुख गन्हाउने समस्या जरैबाट निर्मुल पार्न प्रयोग गर्नुहोस् ज्वानो

२९ फाल्गुन २०७४

banner

ज्वानो विभिन्न रोगको उपचारका लागि अचुक औषधीको रुपमा मानिन्छ। ज्वानो प्राय सबै घरको भान्छामा सजिलै रुपमा पाइन्छ। ज्वानोले तपाईको घरमा पाक्ने खानाको स्वाद बढाउनुका साथै पेटमा लाग्ने विभिन्न रोगलाई समेत टाढा राख्न मद्दत राख्छ। यस्तै हरेक बिहानी ज्वानाको पानी खाली पेटमा पिउनाले शरीरको लागि लाभदायक साबित हुन्छ।

ज्वानोको पानी पिउनाले हुने फाइदाहरु यसप्रकार छन् :

१. प्रत्येक दिन ज्वानोको पानी पिउनाले डाइबेटिज हुने खतरा कम हुन्छ।

२. मुटुमा लाग्न सक्ने रोगबाट बच्न ज्वानोको पानी एक अचुक औषधीको रुपमा लिइन्छ।

३. मुख सम्बन्धी लाग्ने रोगको उपचारका लागि पनि यो फाइदाजनक हुन्छ। यदि तपाई बिहान ज्वानोको पानी पिउनु हुन्छ भने यसबाट दाँत दुख्ने तथा मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ।

४. ज्वानोको पानी पेटमा लाग्ने रोगलाई टाढा भगाउन समेत सहयोग गर्छ साथै यो पानी पिउनाले कब्जियतबाट पनि राहत मिल्छ। यस्तै यसले खानालाई चाढै पचाउन समेत मद्दत गर्छ।

५. ज्वानोको पानी दिनकै पिउनाले शरीरको मेटाबोलिजम बढाउँछ जसले गर्दा तपाईको शरीरको तौल घटाउन समेत निकै सहयोग पुरयाउँछ। यो पानी दिनको दुईपटक पिउनाले डाइरिया जस्ता बिमारीलाई समेत टाढा भगाउँछ।

६. यो पानी पिउनाले जाडो र कफ बस्ने समस्याबाट समेत छुटकारा पाउन सकिन्छ।

७. यदि तपाईलाई सधै टाउको दुखाईले सताइरहेको छ भने ज्वानोको एक कप पानी पिउनुहोस्। यसबाट तपाईलाई राहत मिल्छ।

८.आजभोली बढ्दै गएको आधुनिकतासँगै निन्द्रा नलाग्नु एक समस्या बन्दै गइरहेको छ । यदि तपाई पनि निन्द्रा नलागेर हैरान हुनुहुन्छ भने राती सुत्नु अघि एक कप ज्वानोको पानी पिउनुहोस्, यसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »