विमान दुर्घटनामा मृत्यु भयो भनिएका दिनेश घर पुगेपछि ...

२९ फाल्गुन २०७४

banner

काठमाडौं ।  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार  यूएस बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। भने २२ जना बाँच्न सफल भएका छन्। 

जुनसुकै घटना अप्रत्यासित नै हुने भएतापनि निकै ठुलो र कारुणिक लाग्ने गरी विमान दुर्घटना हुँदा पूर देश शोकमा डुब्यो। जहाँ आफ्नै सदस्य गुमाएको परिवार दुखि नहुने कुरै भएन। 
 
यसैमध्य सोमबारको विमान दुर्घटनामा एउटा यस्तो खबर बाहिरियो जहाँ काठमाडौँको शान्तिनगर बस्ने एक परिवारमा रुवावासी छायो। जहाँ यसैमध्यकी एक पात्र हुन् विनिता हुमागाई। उमेर २७ वर्ष।  बस्ने २ छोराकी आमा हुन् उनी।

यतिबेला उनमा उत्साहको सीमा नै छैन। जीवनका धेरै ठूलो लडाई जिते जस्तो भएको छ। हुने नै भयो किनकी उनले यहि जीवनमा डुब्न लागेको घाम फेरि उदाएको आफैँले देखेकी छन्।

सोमबार काठमाडौंको विमानस्थलमा विमान दुर्घटना हुँदा त्यसमा उनका श्रीमान् दिनेश हुमागाई पनि परेका थिए।  तर भाग्य बलियो भएर उनी बाँचे । सामान्य चोटपटक लागेपनि अरु कुनै गम्भिर असर परेन। हामी शान्तिनगर पुग्दा परिवार शान्तिको शास फेरिरहेको थियो। र, दिनेश भन्दै थिए पूर्नजन्म पाइयो । अहो मेरो भाग्य ।

तर, अहिले पनि कतिपय सञ्चार माध्यममा उनको मृत्युको खबर बाहिर आइरहेको भन्दै विक्षिप्त बनाएको बताए। यसले आफन्तजन थप अत्तालिएको दुखेसो गरे।

परिवारजनलाई नाप्नै नसक्ने खुशीले सम्हालिन धौ धौ भएको छ। तैपनि यो दुखद घटनापश्चात उद्धारमा देखाउन नसकेको तदारुकताले खिन्न बनाएको रहेछ।

सिलिङ ट्राभलमा काम गर्ने दिनेश कामको शिलशिलामा बङ्गलादेश पुगेर नेपाल फर्कदै थिए। तर विमानले बदलेको दिशाले उनीसँग आएका धेरैको दशा बिगारिदियो। धेरैको इहलिला समाप्त भयो। 

मृत्युको मुखमा पुगेर यसलाई जित्ने जीवन उनले फेरी पाए। अनि दिनेश आर्फै भन्दै मेरो जीवनको पूर्नजन्ममा मलाई स्वागत छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष