अनमोल के.सी.ले आफ्नो विवाहको बारेमा मुख खोले

२९ फाल्गुन २०७४

banner

काठमाडौं। नायक अनमोल के.सी युवाका ढुकढुकी बनेका छन् । भवन के.सी को छोरा भएतापनि उनी फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो प्रभाव छोड्न सफल कलाकारको रुपमा आफ्नै परिचय बनाउन सफल भएका छन्।

अनमोल के.सी प्रेम-सम्बन्धको विषयमा विभिन्न समयमा चर्चामा आउने गरेतापनि उनले भने आफूले खोजे जस्ती केटी अझै सम्म नपाएको बताउँछन्। विवाहको प्रसङ्गमा कुरा गर्दै उनी भन्छन् , " विवाहको बारेमा सोंचेको छैन। आफूले खोजेको जस्ती केटी मिल्यो भने होला तर कहिले गर्ने टुंगो छैन" ।

अनमोलको 'कृ' फिल्म केही दिन अगाडी मात्र रिलिज भएको थियो। फिल्मले प्रशंसा संगै राम्रो कमाइ पनि गर्यो। सधै चकलेटी 'लुक्स' मा देखिने अनमोल यस फिल्ममा भिन्न 'लुक्स; मा देखिएका छन् ।

कृ अहिले विदेशका विभिन्न सहरमा रिलिज भइरहने क्रम जारी छ। फिल्म रिलिजकै लागि अनमोल के.सी, भुवन के.सी लगायतको फिल्म युनिट अहिले जापान पुगेको छ।   

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »