राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ः०० बजे

२९ फाल्गुन २०७४

banner

काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ। राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »