कविता - 'जसरी नी एक पटक सरकार मैले बनाउँछु'

३० फाल्गुन २०७४

banner

  • सर्बज्ञ वाग्ले

जसरी नी एक पटक सरकार मैले बनाउँछु ।
भोकानांगा गरिवहरू सबै समान बनाउँछु ।।
जसरी .....
हातहात्मा हतियार उनकै हातमा थमाउँछु ।
 भाषणको टुक्कामा वाक्क दिक्क वनाउँछु ।।
जसरी ...
पटक पटक सामन्तको ठूलो घर थमाउँछु ।
गाडी वंगला कार जग्गा बक्तव्यमा बनाउँछु ।।
जसरी .....
आस्वासनको पोकोमा रासन पनि खिलाउँछु ।
रसिलो भाषणमा जुसहाली पिलाउँछु ।।
जसरी ...
जसरी पनि दंगाएर म सरकार बनाउँछु ।
छेपारोको रंग जस्तै चेपारो नी फेराउँछु ।।
जसरी ....
दारूखाने दरूवालाई भट्टीभीत्र छिराउँछु ।
स्कुल पढने विध्यार्थीलाई बन्दूक़ पनि भिराउँछु ।।
जसरी....
औंठे छाप साथीलाई सिधै मन्त्री बनाउँ छु ।
थरै थरको राज्य बनाई राजै राजा बनाउँ छु ।।
जसरी...
बिधा बारिधी सबैलाई अर्को देश पुर्याउँछु ।
पुन्य काम गर्दै छु, दिनलाई रात चुल्याउँछु ।।
जसरी....
अरू गनाए भन्दैमा म कहाँ गनाउँछु ।
महंगाईले आकाश छुँदा म कंट्रोल गराउँछु ।।
जसरी...
प्रेमीकालाई पटक पटक ठूलै पदमा पुर्याउँछु ।
दक्षिण छोड उत्तरवाट अव रेल गुडाउँछु ।।
जसरी...
घर्मा खाल्डो खनी ग्याँस पाएपमा हुर्याउँछु ।
सबैलाई बराबरी साम्यवादमा पुर्याउँछु ।।
जसरी....
जसरीनी साम्यवादको नक्सा आफै बनाउँछु ।
कोरियाको उत्तर तीर संबन्धनी बढाउँछु ।।
जसरी...
साम्यवादको लहर अव संसारैमा फैलाउँछु ।
वाईसीयल र युथ फोर्सलाई चाँडै अव मिलाउँछु ।।
जसरी....
जुवाघर र क्यासिनोमा पालो पालो पुर्याउँछु ।
यो कुर्चीको पटक पटक पालो पनि मिलाउँछु ।।
जसरी....
पहाड फेदी सुरूंग मार्ग देश भरी उड़ाउँछु ।
उनको गाडी थांती राखि आफ्नो काराँ पुर्याउँछु ।।
जसरी...
द्वन्द्ध हैन देश भरि प्रेम जाल विछ्याउँछु ।
सगरमाथा टुप्पो चढ़ी आईलभयुमा चिच्याउँछु ।।
जसरी...
उत्तर तिर फर्किएर दक्षिण पीठ घिच्याउँछु ।
बिपक्षिलाई चिच्याएर अख़्तियारमा पिच्याउँछु ।।
जसरी...
नयाँ साथी बनाएर पुरानोलाई मिल्काउँछु ।
जथाभावी गर्नेलाई अख़्तियारमा झुण्ड्याउँछु ।।
जसरी...
मेरो विरोध गर्नेलाई गनी गनी बुंग्याउँछु ।
लाग्छ अव जिवन भरी यै कुर्चीलाई दंग्याउँछु ।।
जसरी...
सके पदमै नसकेनी बिरोधिलाई बंग्याउँछु ।
पहिला मलाई पेल्नेलाई पालो पालो नंग्याउँछु ।।

Leave a reply

HTML Tags are not supported

Post My Comment »