नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच व्यापार सम्झौता

डिसी नेपाल
३ भदौ २०७८ २३:२३

काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।

सम्झौतापछि मुक्तिनाथका ग्राहकले नबिलमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स र लोकल बैंक ग्यारेन्टी सुविधा उपभोग गर्न पाउनेछन्।

मुक्तिनाथका ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर पाउने नबिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौतापछि दुई बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मुक्तिनाथका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा दिन पाउँदा खुशी लागेको बताए। साझेदारीको बारेमा बोल्दै शाहले भने “नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउ“दा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउ“दा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।”

मुक्तिनाथका सिइओ प्रद्युमन पोखरेलले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई फाइदा पुग्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *