शवसँगको सेल्फी

११ चैत्र २०७३

banner

दमको विमारले बर्षौ देखि ग्रस्त थिए सन्तराम काका । अघिल्लो दिन बेलुकी एकछिन म पनि भेटेर फर्केको थिँए विरामी काकालाई । बिहान झिसमिसेमा एक्कासी सन्तराम काकाको घरमा रूवाबासी सुनियो । पक्कै पनि सन्तराम काकालाई बढी च्यापेको हुन सक्छ दमले भन्ने ठाने अनि उठेर हतार हतारमा मुख चिसो पानीले छ्याप्प पारेर काकाको घर तिर लागे । सन्तराम काका भन्दा मेरो घर एक काल्नो तल पर्ने भएकोले म तुरून्त पुगिहाले ।


पिंढीमा बसेर बिहानको झिसमिसेमा सन्तराम काकाकी श्रीमती शान्ता काकी डाँको छाडेर रोइरहेकी थिइन् । अमित दाई सन्तराम काकाको छोरा बाबाको मृत शरिरको टाउको लाई आफ्नो जाँगको शिरानी दिदै आँशु र सिंगान एकै साथ रूमलेर रोई रहेका थिए । अमितको श्रीमती रमिला भाउजु आठ महिनाको छोरी काखमा च्याँपेर लाम्टो चुसाउँदै रूँदै बसेकी थिइन । तिनै जना आफ्ना आफ्नै स्वरमा रोईरहेका थिए । म पुग्दा उनीहरु मात्र थिए मलाई देखे पछि रूवाईको डाँको झन् ठूलो भयो सबै जनाको । मैले सन्तराम काका लाई जिवीत भेट्न नपाएकोमा मन भक्कानिएर आयो आँखाबाट आँशु रोक्न सकिन । केही क्षण पछि म आफूलाई सम्हाल्दै अमितलाई सम्झाए तर के मान्थ्यो, उसलाई यस संसारमा पदार्पण गराउने जिवनको समाप्ती मेरो लागि भन्दा उसको लागि हजारौँ गुणा ठूलो चोट कहिले पुर्ण हुन नसक्ने क्षती, उसको पथप्रदर्शक उसका बाबा आज परलोक भएको क्षण ।


मैले मोबाईलबाट चौरका काँइला बा लाई फोन गरेर खबर गरें । यति बेला सम्म छ्याड्ग उज्यालो भैसकेको थियो । कति बज्यो भन्ने तिर ध्यान गएनछ मेरो । फोन गरेको करिब पन्ध्र बिस मिनेट पछि चौरका काँईला बा आउनुभयो  र शान्ता काकी, अमित दाई र रमिला भाउजुलाई सम्झाउनु भयो ।


 'जे हुने भै हाल्यो एक दिन हामी सबै जना जाने बाटो त्यही हो आफूलाई सम्हाल तिमीहरू, फेरी दाई दमबाट पनि त ग्रसित हुनु हुन्थ्यो बर्षौ सम्म दुस्ख पाउनु भयो र आज हामी सबैबाट बिदा हुनु भयो उहाँको मृत आत्मको शान्तिको लागि कामना गरौं'


 ए भतिज ! मलाई सम्बोधन गर्दै काँइला बा ले भन्नु भयो पहिले नै मैरीमा लैजानु पर्ने अहिले भएपनी मैरीमा सार्नु पर्यो नयाँ गुन्द्री ओच्छ्याऊ । रमीला भाउजुले माथि आँटीमा छ नयाँ गुन्द्री लिस्नो चढेर माथि जानुस् त बाबु भनिन्, म गएर नयाँ गुन्द्री ल्याएर मैरीमा ओच्छ्याए अनि अमित दाई  काँइला बा र म मिलेर सन्तराम काकाको शवलाई मैरीमा सार्यौ ।


यो गाउँमा मर्दा पर्दा पनी घाट सम्म पुगेर दाह संस्कार गर्नको लागि प्रयाप्त जनशक्ति छैन खै युवाहरू कोही शहर तिर कोही बिदेश तिर अब पारी गाउँ तिर पनि खबर गर्नु पर्यो भतिज फोन गर त मान्छे खोज्नु पर्यो । काँइला बा लगातार गाँऊमा मर्दा पर्दा र आपत्ति विपत्ती पर्दा पनि उद्धारको लागि युवाहरू नभएको गुनासो गर्दै एक्लै फत्फताई रहे ।


हुन पनि गाउँमा वयबृद्धा महिला पुरूष र केटा केटी बाहेक युवा भेट्न निकै कठिन छ आजकल । देशको राजनैतिक अस्त व्यस्तताले सृजना गरेको युवा बेरोजगारीको कारण प्राय उमेर पुगेका जोस जाँगर बोकेका युवाहरू आम्दानीको स्रोत जुटाउनको लागि गाउँ छाडेर देश बिदेश पुगेका छन् ।


मैले माथि शिक्षक विनय र अमृतको साथै अरू गाँउका दुई चार जना र गाँउको जनशक्तिले नपुग्ने भए पछि पल्लो गाँउका दुई चार जना अरू साथीहरू र नातेदारहरूलाई पनि फोन गरी सकभर अरूलाई पनि लिएर आउनको लागि अनुरोध गरेँ।


केही बेर मै छिमेकी गाउँले महिला पुरूषहरू र मैले फोन गरेकाहरू पनि आउने क्रम जारी थियो । महिलाहरू सन्तराम काकाको पार्थिब शरिरको बिदाईको लागि फूल माला र अन्य सामाग्रीहरू तयार गर्न थाले ।


करिब बिहान एघार बज्न थाल्यो तर हामी लाई शव स्थानीय आर्यघाट सम्म बोकेर पुराउने  र शव दहनको लागी आवश्यक दाउराको जोहो पनि गर्नु पर्ने भएकोले प्रयाप्त पुरूषहरू नभए पछि शव दाह संस्कारमा महिलाहरूलाई पनी सामेल गर्नु पर्ने भयो । जुन कुरा बुज्रूकहरूको चाहना विपरीत थियो तैपनी शवको अन्तिम संस्कार पुरा गर्नको लागि रोकेर राखिरहने कुरो पनी त भएन ।  महिला र पुरूष मिलेर दाह संस्कारमा जुट्यौँ ।


सन्तराम काकाको पार्थिव शरिरलाई फूल मालाले सजाएर गाउँका महिला पुरूष सबै मिलेर स्थानीय आर्यघाटमा पुर्याएर चिताको तयारी गर्दै थियौँ। उपल्लारे कान्छो पार्थिव शरीरसंग सेल्फी खिच्दै गरेको मैले देंखे । मन मन रिस उठ्यो प्रश्न उब्जियो यो समाजको नयाँ पुस्ता कता जाँदै छ रु कसैको मृत्युवरणको वियोगमा पनि सेल्फी खिच्दैछ आर्यघाटमा । भन्नलाई मुख भर जवाफ त थियो तर म अनपढा मान्छे उ चै बि।ए। पहिलो वर्षको विध्यार्थी केही बोलीन म । पढेका हरूले कमसेकम त्यो घडीको पीडा त बुझ्नु पर्ने खै कस्तो शिक्षा हो संवेदना पनि नसिकाउने ?

एक छिनपछि जल्दै गरेको चिता संग सेल्फी लिनेहरूको त ठुलै संख्या थियो । देख्दा लाग्थ्यो यहाँ आर्यघाटमा मातम होइन की कुनै मेला लागिरहेको छ । प्रविधिको प्रयोग संगै संबेदनहिन बन्दै गएको मेरो समाजको प्रष्ट चित्रहरू मेरो नजरमा एक पछि अर्को गर्दै परिरहेका थिए, मेरो मन सन्तराम काकाको मृत्युको कारण भन्दा पनी आधुनिक समाजको त्यो दृष्य बाट दुस्खी थियो ।

एक छिनपछि जल्दै गरेको चिता संग सेल्फी लिनेहरूको त ठुलै संख्या थियो । देख्दा लाग्थ्यो यहाँ आर्यघाटमा मातम होइन की कुनै मेला लागिरहेको छ ।

जब दाह संस्कार पुरा गरी घर तिर फर्कदै थियौं ति अघि तछाड मछाड गरेर आर्यघाटमा चिता संग सेल्फी खिच्नेहरू आ(आफ्नो मोबाईलको फेसबुकको पेजमा सन्तराम काकाको चिताको फोटोमा गाँऊ छाडेर शहर र विदेशमा बस्ने छिमेकी गाँउलेहरू र चिन्नेहरूले लेखेका च्क्ष्ए का कमेन्टहरू कसको पेजमा बढी भनेर छलफल चलाउदैबाटो काट्दै थिए ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »