चैत ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

३ चैत्र २०७४

banner

मेष
मेष राशिभएकाहरुलाई साताको सुरुमै राम्रै भएपनि सोमबार र मंगलबार भने मन अलि उदासिन हुनेछ। खर्च बढनेछ। यो हप्ता सामान्य रहनेछ। आफन्तले सहयोग गर्नुको साटो उल्टो होच्याउने छन्।

वृष राशि
वृष राशिभएका हरुको यो साता सामान्य रहनेछ। बढी मेहनत गर्नु परेपनि सोचे अनुसारका काम हात पर्ने छन्। घरमा सुख सान्ति प्राप्त हुनेछ।

मिथुन राशि
मिथुन राशि भएकाहरुलाई साताको सुरुमा अप्ठ्यारो परिस्थिती आएपनि सोमबारदेखि समय राम्ररी वित्नेछ। साझेदारका काम गरिरहनु भएको छ भने साझेदारी टुटेर नयाँ साझादारी बन्ने छ।

कर्कट राशि
कर्कट राशि हुनेहरुका लागि यो सातामा मनोकांक्षा पुरा गर्ने अवसर जुट्ने छन्, तर मनको दुविधा र नराकात्मक स्थितीबाट बाहिर आउन जरुरी छ। भाग्यले राम्रै साथ दिएको छ। मनमा आएका नकारात्मक कुराबाट टाडा रहने प्रयास गर्नुहोला।

सिंह राशि
सिंह राशि हुनेहरुका लागि साताको सुरुमा राम्रो भएपनि समग्र चैत महिनामा तपाईको व्यापार व्यवसाय राम्रो हुने छैन्।  आफ्नै कमी कमजोरीले घाटा व्यहोर्नु पर्नेछ।

कन्या राशि
कन्या राशि भएकाहरुका लागि यो साता सुखमय रहनेछ।  व्यवसायमा सोचेको भन्दा राम्रो लाभ प्राप्त हुने योग छ। साझेदारलाई सहमतिमा राख्ने प्रयास गर्नुहोला।

तुला राशि
तुला राशि हुनेहरुका लागि यो साता निस्थित रहनेछ। साझेदारीका काममा समस्या थपिने छन्। कामको प्रसंसा भने बढेर जानेछ।

वृश्षिक राशि
वृश्षिक राशि हुनेहरुको स्वास्थ्यमा समस्या देखिने । घाटीको समस्याले सताउला । सन्तानबाट सुख समाचार सुन्न पाउनु हुनेछ।

धनु राशि
धनु राशि भएका हरुका लागि यो साताको सुरुमा राम्रै रहनेछ। मंगलबाट भने ध्यान दिनुहोला। अरुको कुराले घरको सुखसान्ति धाडिन सक्छ।  

मकर राशि
मकर राशि हुनेहरुका लागि यो साता सुरुमा राम्रो नभएपछि पछि रामै वित्नेछ।  काममा चुनौती थपिएपनि काममा सफलता मिल्ने योग छ।

कुम्भ राशि
कुम्भ राशि हुनेहरुका लागि यो साता उत्तम रहनेछ। साताको सुरुमा काम राम्रै भएपनि पैतृक सम्पत्तिमा झमेला थपिन सक्छ। लगानी गर्दा ध्यान दिनुहोला।  

मिन राशि
मिन राशि हुनेहरुका लागि यो साताको सुरुमा राम्रै भएपनि सोचे अनुसारका काम बन्न निकै मेहनत गर्नु पर्नेछ। खर्चको नियन्त्रण गर्न चुनौती थपिनेछ।

जोतिषाचार्य : भानुराज अर्याल

पुरा राशिफलका लागि भिडियो हेर्नुहोस्

Leave a reply

HTML Tags are not supported

Post My Comment »