तपाइँकी श्रीमतीमा यस्ता गुण छन् भने तपाइँ भाग्यशाली हुनुहुन्छ 

६ चैत्र २०७४

banner

काठमाडौं। हिन्दू धर्ममा श्रीमतीलाई अर्धाङ्गिनी पनि भनिन्छ र यसको अर्थ हो श्रीमती शरीरको आधा अंग हुन्छिन् । महाभारतमा भीष्म पितामहले भनेका छन् पत्नीलाई सधैं खुसी राख्नुपर्छ किनकि उनीबाटै वंशको वृद्धि हुन्छ । यसका अलावा अनेकौं ग्रन्थहरुमा पत्नीको गुण र अवगुणको बारेमा विस्तारमा बताइएको छ । गरुड पुराणमा पनि पत्नीका केही गुणहरुको बारेमा बताइएको छ । गरुड पुराणका अनुसार जुन व्यक्तिकी पत्नीमा यी ४ गुण हुन्छन् उसलाई भाग्यशाली मानिन्छ । 

सा भार्या या गृहे दक्षा सा भार्या या प्रियंवदा।
सा भार्या या पतिप्राणा सा भार्या या पतिव्रता।। (१०८/१८)

१. गृहकार्यमा दक्ष र घर सम्हाल्नेः जो पत्नी घरका कामहरु जस्तै भोजन बनाउन, सरसफाइ गर्न, घर सजाउन, बालबालिकाको ध्यान राख्न, घरमा आएका अतिथिको सम्मान गर्न, कम संसाधनमा गृहस्थी चलाउन सिपालु हुन्छन् उनलाई गृहकार्यमा दक्ष मानिन्छ । उनी पतिकी प्रिय हुन्छिन् । 

२. प्रियवादिनी अर्थात मिठो बोल्नेः पत्नीलाई आफ्ना पतिसँग सधैं संयमित भाषामा बोल्नुपर्छ । विस्तारै र प्रेमपूर्वक बोल्ने पत्नी भएमा पतिले पनि उनका कुरा ध्यानपूर्वक सुन्छन् र उनका इच्छा पूरा गर्ने कोसिस गर्छन् । परिवारका अन्य सदस्यसँग पनि प्रेमपूर्वक बोल्दा उनीहरुको मनमा स्नेह उत्पन्न हुन्छ । 

३. पतिपरायणा अर्थात पतिका कुरा मान्नेः जो पत्नीले आफ्ना पतिलाई नै सर्वस्व मान्छिन् र सधैं उनको आदेको पलना गर्छिन् उनलाई ग्रन्थमा पतिब्रता भनिएको छ । पतिब्रता पत्नीले सधैं आफ्ना पतिको खुसीको ख्याल गर्छिन् । पतिलाई कुनै दुःखको कुरा बताउनु परेमा पनि निकै संयमपूर्वक बताउँछिन् । पतिका अलावा अन्य परपुरुषको बारेमा नसोच्ने पत्नीलाई ग्रन्थमा पतिब्रता भनिएको छ ।

४. धर्मको पालन गर्ने: एउटी पत्नीको पहिलो धर्म हुन्छ उनले पति र परिवारको हितको बारेमा सोच्नुपर्छ । गरुड पुराणका अनुसार जो पत्नी प्रतिदिन स्नान गर्छिन् र पतिको लागि सजिन्छिन् सबै मंगल चिन्हले युक्त रहन्छिन् उनैलाई पत्नी मान्नुपर्छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष