भोलिसम्म मन्त्रिपरिषद विस्तार हुन्छः प्रवक्ता महरा

डिसी नेपाल
६ असोज २०७८ १८:००

काठमाडौं । बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् ।

बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए । ‘अहिले पाँच दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ । मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ,’ महराले बताए ।

त्यस्तै बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने महराले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *