मदनकृष्ण पत्नीको निधनमा यस्तो छ कलाकारको सामाजिक संजाल प्रतिक्रिया

२० चैत्र २०७४

banner

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। उनकी पत्नी यशोदा सुवेदीको गएराति उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित यशोदा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत थिइन्। सुरुमा आन्दा, फोक्सोको समस्याबाट पीडित बनेकी उनलाई पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो।

यशोदाको निधनपछि श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका छन्। मदन कृष्णका नजिक मित्र अर्थात हरिवंश आचार्यले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'आदरणिय मदन दाइकी धर्मपत्नी यशोदा भाउजु हामी माझ रहनुभएन, भाउजुप्रति हार्दिक श्रद्धाञ्जली ! हामी सबै सधै मदन दाइको साथमा छौँ।'

कलाकार दीपाश्री निरौलाले फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेकी छन्, 'आदरणीय भाउजु अब हामी माझ रहनु भएन, तर मन र मस्तिष्कमा रहिरहनुहुन्छ भाउजुको स्वर्गमा बास होस्, हार्दिक श्रद्धाञ्जली!

कलाकार दिपकराज गिरीले पनि फेसबुक मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'जिन्दगीको के भरोसा यो त सानो खेलौना हो, आदरणिय यशोदा भाउजुको खबरले स्तब्ध छु, अन्तिम अवस्थासम्म पनि आफ्नो पीडा लुकाएर हाँसिरहनुहुन्थ्यो किनकी आफ्नो पीडाले परिवार दुखी नहुन् भनेर यस्तो साहसी र ममतामयी भाउजुलाई हृदयदेखि हार्दिक श्रद्धाञ्जली!'

त्यस्तै अर्का कलाकार केदार घिमिरे अर्थात माग्ने बुढाले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'मह का म अर्थात हाम्रा आदरणिय दाजु सम्पूर्ण नेपालीका ढुकढुकी वरिष्ठ हास्य कलाकार मदन दाइकी धर्मपत्नी, मेरो प्यारो मित्र यमन श्रेष्ठकी आमा यशोदा सुवेदीको निधनले कला क्षेत्रनै शोकाकुल बनेको छ। भाउजुप्रति हार्दिक श्रद्धाञ्जली!'

 

त्यस्तै कलाकार जितु नेपालले पनि फेसबुकमार्फत यशोदाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »