मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता बढाउदै के.आई. नेपाल

२३ चैत्र २०७४
banner

काठमाडौँ । मानव बेचविखनको स्वरुप परिवर्तन हुँदै गएपछि लामो समयदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्दै अाएको सामाजिक संस्था के.आई. नेपालले पनि आफ्नो सक्रियता बढाएको छ।

मानव बेचविखनका घटना रोक्न के. आई. नेपालले यतिबेला नेपाल भारत सीमानाकामा निगरानी बढाउनुका साथै सूचना सम्प्रेषण, परामर्श लगायतका कामलाई अझ बढी तिब्रता दिइएको उक्त संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार गठन हुने मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिमा विगत १० वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्दै आएको यो संख्याले भारत लगायत तेस्रो मुलुकमा विभिन्न बहानामा तथा रोजगारीको सिलसिलामा अलपत्र परेका १०० अौं महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना गरी सुरक्षित आवास र सीप विकास तालिम प्रदान गर्दै आएको छ।

केही दिनअघि मात्रै नेपाल सरकारले यो संस्थालाई राष्ट्रिय समितिको सदस्यमा मनोनयन गरेको थियो। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था वा व्यक्तिमध्येबाट राष्ट्रिय समितिको ३ सदस्यमा के. आई. नेपाललाई मनोनयन गरिएको हो।

विभिन्न जिल्लाका समुदायमा मानव बेचबिखन बिरूद्ध निरोधात्मक अभियान सहित महिला सशक्तीकरण र अायमूलक व्यवसायिक तालिम  संचालन गरिरहेको सन्दर्भमा उक्त मनोनयनले पीडित प्रभावितको पक्षमा अझ दृढतापूर्वक काम गर्ने प्रोत्साहन मिलेको निर्देशक भट्टराईको धारणा रहेको छ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |