भारत प्रस्थान गर्दा प्रधानमन्त्री ओलीका १० पोज

२३ चैत्र २०७४

banner

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिने औपचारिक भ्रमणको लागि भारत प्रस्थान गरेका छन्।

बिहीबार बिहान नेपाल एयरलाइन्सको विमानमा प्रधानमन्त्री भारततर्फ लागेका हुन् । उनको भ्रमण टोलीमा ५४ सदस्इ छन्। प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिनेछ। उनलाई भारत सरकारका तर्फबाट कसले स्वागत गर्ने भन्ने विषय अझै टुङ्गो नलागे पनि सामान्यतः भारतीय विदेश राज्यमन्त्रीले स्वागत गर्ने भारतको परम्परा रहेको छ।

प्रधानमन्त्री ओली शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा भारत पुग्ने भारतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीले मुख्य तीनवटा कार्यक्रम रहेको छ।

भारतीय ब्यापारीहरुसँग ताज प्यालेस होटमा भेटघाट गर्ने, पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँढे सातबजे कूटनीतिक समुदायसँग भेटघाटको कार्यक्रम रहेको छ। यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन भने महत्वपूर्ण रहेको छ। प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग बिहान ९ बजे भेटघाट गर्नेछन्।

प्रधानमन्त्री ओलीले विहान १० बजे राजघाट पुगी महात्मागान्धीको समाधिस्थलमा माल्यलपण गर्ने कार्यक्रम छ। त्यसैदिन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावादमा भेटघाट गर्ने र दुइपक्षवीच भएको सहमतिमा हस्ताक्षार गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

यस्तै साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा राजनीतिक भेटघाटका गर्नुका साथै सम्वोधन गर्नेछन्। यस्तै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतीय जनता पार्टीका नेता, कांग्रेस आइका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली २५ गते साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम रहेको राजदूतावासले जनाएको छ।

तस्वीर : आर्यान धिमाल (डिसी नेपाल डटकम)

Leave a reply

HTML Tags are not supported

Post My Comment »