भारतीय नम्बरको कन्टेनर नेपालमा चेक गर्दा प्रहरी चकित

२३ चैत्र २०७४

banner

धादिङ । नेपाल प्रहरीले एक भारतीयलाई लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।

काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनरबाट प्रहरीले लागूऔषध चरेश जस्तो देखिने ११५ किलो सहित चालक भारत उत्तर प्रदेश मैनपुरी बस्ने २४ बर्षीय शशी कान्त कुशवाहलाई पक्राउ गरेको हो ।

गजुरी गाउँपालिका–१ गलौदी स्थित पृथ्वी राजमार्गमा उक्त कन्टेनरमा लागूऔषध चरेश ल्याउदै गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले चालकसहित चरेस बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा गएराति कन्टेनर चेक गर्दा चालकको सिट नजिक राखी ल्याईरहेको अबस्थामा उक्त चरेश जस्तो बस्तु फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »