८ ओभरमा छोट्याइएको खेलमा धनगढीको सनसनीपूर्ण जीत, हेर्नुहोस् १५ फोटोहरु

२४ चैत्र २०७४
banner

काठमाडौं। राउण्ड रोबिन चरणको आ–आफ्नो अन्तिम खेल खेलिरहेका धनगढी टिम चौराहा र रुपन्देही च्यालेञ्जर्सबीचको अन्तिम प्रतिस्पर्धामा धनगढीले ३ रनको हात पारेको छ । आज पराजित भएसँगै रुपन्देही सबै खेल हार्दै खेलबाटै बाहिरिएको छ । 

वर्षाले प्रभावित भएपछि ८ ओभरका छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । धनगढीका लागि सोनु तामाङले सर्वा्धिक ३४ रन बनाए ।

उनी म्यान अफ द म्याच समेत घोषित भए । रोहन मुस्तफाले १५ रन बनाए । रुपन्देहीका सुसन भारीले ३ र दिपेश श्रेष्ठले २ तथा सागर पुन र शक्ति गौचनले १–१ विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रिएको रुपन्देहीले निर्धा्रित ८ ओभरमा ५ विकेटको क्षतिमा ७३ रन मात्र बनाउन सक्यो । सागर पुनले सर्वा्धिक ३३ रन बनाए । दिपक प्रसादले १६ रन बनाए । धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । ललित भण्डारीले १ विकेट लिए ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l