राप्ती नदीमा डुंगा सफारी

२४ चैत्र २०७४

banner

चितवन।  चितवनको कुमरोजस्थित राप्ती नदीमा शनिबारदेखि शुरु भएको डुंगा सफारीमा रमाउँदै स्थानीय र संरक्षणकर्मी । 

पर्यटकलाई राप्ती नदीमा डुंगा सयर गराएर पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यसहित शुरु डुंगा सफारी शुरु भएको हो । यहाँ ६ वटा डुंगा सञ्चालन गरिएको छ । प्रति डुंगामा ६ जना पर्यटक बस्न सक्नेछन् । सो वापत उनीहरुबाट रु २५० शुल्क लिइने जनाइएको छ । कुमरोजको डुंगाघाटबाट शुरु हुने डुंगा सफारी सौराहासम्म करीब पाँच किलोमिटर चल्छ । यहाँको डुंगा सफारीबाट दुर्लभ घडियाल र मगर गोही, गैंडा, हात्ती, चित्तल, भालु, पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न सकिन्छ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन (रासस)

Leave a reply

HTML Tags are not supported

Post My Comment »