पोखरा आसपासमा चन्दा असलीमा संलग्न तीन पक्राउ

२५ चैत्र २०७४

banner

पोखरा । जिल्ला प्रहरी कार्यालयले पोखरा र आसपासका क्षेत्रमा धम्की दिई चन्दा असुली गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१२ बस्ने ३४ वर्षीय ललित गुरुङ, सोही वडाको शितलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा लेखनाथ महानगरपालिका–५ बस्ने २५ वर्षीय संगम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सुरक्षा अवस्थालाई मजबुद बनाउने उद्देश्यले शुरु गरिएको १५ बुँदे कार्ययोजनाअन्तर्गत छड्के जाँचका क्रममा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न व्यक्ति तथा व्यवसायीलाई धाकधम्की दिई चन्दा असुलीको आरोपमा पक्राउ परेका तीनै जनालाई आइतबारनै म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »