भारत भ्रमणबाट फर्किए ओली (६ तस्वीर)

२५ चैत्र २०७४

banner

काठमाडौं । तीन दिने भारत भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। गत शुत्रबार तीन दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली आईतबार साँझ नेपाल फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले बिदाई गरेका थिए ।

स्वदेश फर्केपछि आइतबार साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेपाली जनताको अभिमत र भावनाको प्रतिनिधित्व गर्दै गएको र त्यसलाई भारतले स्वागत गरेको बताए ।

उनले सबैको सहयोगमा आफ्नो भ्रमण सफल भएको दाबी गरे ।

सबै तस्बिरहरु : प्रदीपराज वन्त, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »