यी ७ संकेत देखियो भने बुझ्नुस्, तपाइँको खराब समय सुरु हुँदैछ 

२६ चैत्र २०७४

banner

एजेन्सी। हरेक व्यक्तिको जीवनमा खुसी र दुःख आइरहन्छन् । कहिले समय अनुकूल हुन्छ कहिले प्रतिकूल । जीवनमा कस्तो समय आउँदैछ भन्ने कुराको संकेत हाम्रो जीवनमा भइरहेका घटनाले दिन्छन् भन्ने ज्योतिषशास्त्रीय मान्यता छ । ज्योतिषशास्त्रमा यस्ता केही संकेतहरुको वर्णन गरिएको छ जसले खराब समय सुरु हुन लागेको संकेत गर्छन् । 
१. जब कुनै व्यक्तिको खराब समय सुरु हुन्छ त्यतिबेला उसको कुनै बहुमूल्य वस्तु हराउँछ र निकै खोज्दा पनि भेटिँदैन । 
२. खराब समय सुरु हुनासाथ बन्न लागेका काम बिग्रिन्छन् वा जुन काम पूरा हुन लागेका छन् ती काम अचानक रोकिन्छन् ।
३. कुनै यस्तो व्यक्ति भेटिन्छ जसले तपाइँको क्षमताभन्दा बढी काम गराउँछ त्यसमाथि त्यो कामको श्रेय पनि तपाइँले पाउनुहुन्न । 
४. खराब समय सुरु भएपछि घरको पालिएको जनावर भैंसी, गाइ, घोडा वा कुकुर मर्छ ।
५. कुनै झुटो आरोप लाग्छ वा तपाइँ कुनै मुद्दामामिलामा फस्नुहुन्छ । 
६. व्यवसायमा घाटा हुन्छ, पैसा कहीँ अड्किन्छ वा अचल सम्पत्तिमा नोक्सान हुन्छ । 
७. पुरानो रोग अचानक बल्झिन सक्छ वा नयाँ गम्भीर रोग लाग्न सक्छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »