किलर रोबोटको जोखिम बढ्दै, विशेषज्ञले दिए यस्तो चेतावनी

२६ चैत्र २०७४
banner

एजेन्सी । रोबोट अहिले दिनप्रतिदिन तिब्र गतिमा मानिसकोे जिवनकै एक अंग बन्दै गईरहेको छ । जसलाई विश्वभरका धेरै विशेषज्ञले भनेका छन् - 'अहिले मानिसले रोबोट बनाएर चलाएका छन् अबको केही वर्षमा रोबोटले संसार चलाउने छ'। 

अहिले दक्षिण कोरियाको एक विश्वविद्यालयले यस्तो रोबोट बनाएको छ जो अबको संसारका लागि निकै खतरनाक छ।

जसलाई यस अगाडि नै स्पेसएक्सका अध्यक्ष एलन मस्कले यो रोबोटलाई  ‘अमर तानाशाह’ को संज्ञा दिएका थिए।

यो संस्थान कोरिया एडवास्ड इन्सेच्युट अफ साइन्स टेक्नोलोजी हो। यो संस्थानको विश्वभर अधिक खरिदकर्ता रहेका छन्। 

जहाँको रोबोटबाट सुरक्षामा निकै चुनौती हुने चिन्ता सुरु भएको छ। जसलाई उनीहरुले यस कम्पनीलाई यस बन्द गर्नुपर्ने माग गर्दै आएका छन्।

खासमा यस संस्थानले एक हत्तियार कम्पनीसँग आफ्नो रोबोट प्रयोग गर्न सम्झौता नै गरेको छ। संथानले हानव्हा सिस्टममा रहेर साझा अध्ययन केन्द्र खोल्ने महत्वकांक्षी घोषणा समेत गरेको छ। 

हानव्हा रोबोटिकले हालसम्म ७० रोबोट निर्माण गरिसकेको छ। जुन दक्षिण र उत्तर कोरियाको बीचमा सुरक्षार्थ तैनाथ गरिएको छ।

हत्तियार निर्माता कम्पनी यस्तो रोबोट बनाउन चाहन्छ कि जिसको प्रयोग सेना र हत्तियारको रुपमा प्रयोग गर्न सकियोस जसले विना संकोच विपक्षीलाई आफ्नो नियन्त्रणमा लिन सकोस्।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |