जानी राखौँ : दही खानुका यति धेरै फाईदा !

२६ चैत्र २०७४

banner

काठमाडौँ । दही स्वादिलो गुणकारी पेय दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ।

दहीको आर्युवेदिक महत्व छ। यो स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ ।

दही कहिले, किन र कसरी खाने ?
दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ  । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।

यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि । अपच, कब्जियत, ग्यास जस्ता  पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।

दही खाँदाका फाइदा
–राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं ।

–दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

–अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।

–दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।

–दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।

–पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »