शिक्षाको अवसरबाट बालबालिका बञ्चित हुन नपरोस्

२७ चैत्र २०७४
banner

काठमाडौं। सरकारले गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका पदाधिकारीहरु, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, उद्योगी, व्यापारी, शिक्षाप्रेमी, अभिभावक संघ, राष्ट्रसेवक कर्मचारी, संचारकर्मीलगायतका नागरिक समाजका अगुवाहरुलाई आह्वान गरेको हो।

शिक्षाको अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले विद्यालय भर्ना गर्न सबैमा आह्वान गर्नु परेको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

त्यसैगरी मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिवमा भने डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गरिएको राज्यमन्त्री बास्कोटाले जानकारी दिए। 

बैठकमा यातायात समितिहरु नविकरण नगर्ने प्रस्तावका विषयमा पनि छलफल भएको थियो। बैठकमा नेपाल प्रहरीको नयाँ आइजीपीका विषयमा निर्णय हुने अनुमान गरिएपनि त्यस विषयमा कुनै छलफल नभएको स्रोतले जनाएको छ। 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l