दुई लाख घुस रकमसहित मालपोतका कर्मचारी पक्राउ

२७ चैत्र २०७४
banner

सुर्खेत । सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतमा कार्यरत दुई कर्माचारी आज मंगलबार पक्राउ परेका छन् । 

सो कार्यालयका मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

मोहीबापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख हैरानी दिएको साथैै काम छिटो छरितो गरी दिने भन्दै रु दुई लाख मागेपछि विशेष सूचनाका आधारमा आयोगको टोलीले सो रकमसहित दुबै जनालाई पक्राउ गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l