२१ औं शताब्दीको राजनीतिक जुवा हो, ट्रम्प र किम जोङ–उनबीचको वार्ता

२८ चैत्र २०७४

banner

बीबीसी। दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन कि कुटनीतिका महारथी हुन् वा फेरि एक यस्ता नेता हुन जो आफ्नो देशलाई बर्वाद गर्न उद्दत छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प या राजनीतिक खेलका खतराका खेलाडी हुन् वा नियम मिचिएर खेलेको खेलका एक गोटी हुन्। 
यो कहानीमा अर्का एक अभिनेता छन् ती हुन्, किम जोङ–उन। जसले अहिलेसम्म खुलेर कुनै अभिव्यक्ति दिएका छैनन्। शायद उनी यो असाधारण खेलका महत्वपूर्ण खेलाडी हुन्।

जुन समयमा उनले दक्षिण कोरियामा शीतकालनी ओलम्पिकमा उत्तर कोरियाका खोडाली पठाए, त्यही बेला के स्पष्ट भएको थियो भने किम जोङ–उनले प्रोपेगाण्डाको खेलमा महारथ हासिल गरे। केही मानिसलाई के पनि लाग्छ सक्ने भने किम जोङ–उनको ट्रम्पसँग वार्ताको प्रस्ताव र परमाणु हतियार परीक्षण छुटकारा पाउनु एक कुटनीतिक सफलता हो।

जुन प्रकारबाट अमेरिका र उत्तर कोरिया विगत एक वर्षदेखि एकअर्का विरुद्ध जुन व्यवहार गर्दै आएका थिए, त्यो हेर्दा अहिलेको अवस्थामा आउनु असंभव जस्तै थियो। तर, यो जोखिम मुन जे–इनर डोनाल्ड ट्रम्प दुवैकालागि हो। यो एउटा स्थिति हो, जहाँ दुवैमध्ये एकले मात्र यसको श्रेय लिन सक्दैनन्।  जहाँ दुवैसँग यसबाट बाहिर आउने कुनै रणनीति छैन। यहाा सफलता र असफलताका यति परिभाषा छन् र, धेरै विषय दाउमा लागेका छन्।
कसको कोशिशको नतीजा?

मुनका समर्थक उनलाई मध्यस्थकर्ताका रुपमा हेर्छन्। जसका कारण किम जोङ–उन परमाणु हतियार छोड्नलाई वार्ता गरिरहेका छन्।
मुनले नै किमको जनवरीको भाषणमा मौका खोजे जसमा उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता हुने आशा पलाएको थियो। यो मौकालाई मुनले सदुपयोग गरे। अब दुई देशबीचको कुटनीति र भ्रमणपछि त्यसको नतीजा आएजस्तो देखिएको छ।

योनसेई विश्वविद्यालयका प्रोफेसर जन डुलरीले दुई मुलुबीच वार्ता हुनु भन्दा पहिला नै भनेका थिए, ‘मानिसहरु उत्तर कोरियाले कोशिश गरिरहेको बताउँछन्, तर मलाइ के लाग्छ भने कोशिश त दक्षिण कोरियाले गरिरहेको छ। यो चीज जुन राष्ट्रपति मुन जे–इन चाहन्छन्।’
मुनलाई थाहा थियो की प्योङयाङ भ्रमणका क्रममा उनका प्रतिनिधिले किमको मुखबाट परमाणु मुक्त शब्द निकाल्नुपर्छ। उनलाई यो पनि थाहा थियो की दुई ठूला मित्रसँग जब किम देखिन्छन्, सजिलैसँग अमेरिका र जापानसँग गला लगाउँदैनन्।

तर, यो जोखिम उठाउन लायक थियो। अमेरिका कुनै पनि हालतमा यो बैठकमा उत्तर कोरियासँग वार्ता गर्न तयार हुँदैन थियो। मुनका प्रतिनिधि त्यो चीन पाउन सफल भए जो उनीहरुलाई चाहिएको थियो। दक्षिण कोरियाका नेता मुन इमान्दारितापूर्वक मध्यस्थताको भूमिका निर्वाह गर्ने कोशिश गरिरहेका छन्। एकै समयमा ट्रम्प र किमलाई सम्हाली रहेका छन्। आफ्ना शब्दलाई गम्भीतापूर्वक चयन गरिरहेका छन्।

नयाँ वर्षको आफ्नो भाषणमा मुनले भनेका थिए, ‘दुई कोरियाबीच हुने वार्ताको श्रेय ट्रम्पलाई दिनुपर्छ।’ यसो भन्दा ट्रम्प खुशी हुन्छन् भन्ने मुनलाई थाहा थियो। उनी यस्तो भाषाको प्रयोग गरिरहेका छन्, ताकि एक लोकतान्त्रिक मुलुकलाई पटक पटक आश्वस्त पार्न सकियोस्। वार्ताको घोषणा गर्दै उनले दिएको अभिव्यक्तिमा ट्रम्पको तारिफ धेरै थियो। त्यसमा कसरी ट्रम्पले यो सबै परिस्थितिलाई सम्हाले र अलिहेको अवस्था आयो। उत्तर कोरियामाथिको प्रतिबन्ध अहिले कायम रहन्छ, जुन कुरा पहिला नै मुनले भनेका थिए र त्यसको पुष्टि ट्रम्पले गरेका छन्।
उत्तर कोरियाको चलाखी?

सबैलाई जानकारी भएको कुरा के हो भने यी मुलुकबीचको सम्बन्ध पहिलादेखि नै यस्तो राम्रो थिएन। केवल ६ महिना पहिले ट्रम्पले वचन दिएका थिए की यदि उत्तर कोरियाले अमेरिकलाई डराउने कोशिश गर्यो भने अमेरिका यस्तो आगो वर्षाउँछ, जुन विश्वले पहिला कहिल्यै देखेको थिएन। सेजोङ संस्थानका प्रोफेसर हकसुन पेक भन्छन्, ‘धम्कीको यस्तो रुपम यसअघि कहिल्यै देखिएको थिएन।’

अमेरिका सुरुदेखि नै उत्तर कोरियाले परमाणु हतियार छोड्नु एकमात्र विकल्प भएको बताउँदै आएको थियो। अहिलेसम्मका सबै घटनाक्रमपछि मानिसहरुलाई के लाग्छ भने किम यी सबै शर्तलाई स्वीकार गर्न यस कारण तयार भए ताकि पछि यो सफल भएन भने फेरि ट्रम्पसँग के बाँकी हरन्छ?’ त्यसो भए के मुन जे–इन र ट्रम्पलाई उत्तर कोरियाले आफ्नो कुरामा फसाएको हो जसले विश्वलाई पहिला नै बेवकुफ बनाएको छ।

फ्लेचन स्कुल अफ ल एण्ड डिप्लोमेसीका प्रोफेसर ली सुङ–युन भन्छिन्, ‘ अमेरिकासँग फेरि कोरियाली प्रायद्वीपलाई परमाणुविहीन बनाउने र मिसाइल परीक्षण नगर्ने भनेर किम जोङ–उन प्रतिबन्धमाथि खुलुलोपन चाहन्छन्। अमेरिकाको सैन्य कारवाहीलाई पहिला नै रोक्न चाहन्छन्। र उनी विश्वले उत्तर कोरियालाई एक जायज परमाणु शक्तिका रुपमा स्वीकार गरोस्।’
ट्रम्पको कुरा गर्ने हो भने उनको यो निकै ठूला साहसिक र ऐतिहासिक कदम हो। जुन यसअघि कुनै पनि अमेरिकी नेताले विदेश मामिलामा उठाएका थिएनन्।

यदि यो जुवाले काम गर्यो भने ट्रम्प स्वयंलाई उत्तर कोरियाको विवाद समाधान गरेको श्रेय जानेछ। उनको सरकारसँग देखाउनकालागि अहिले निकै कम उपलब्धि छन्। जवकि ट्रम्पले मतदातासमक्ष धेरै विषय परिवर्तन गर्ने वाचा गरेका थिए। ट्रम्पलाई के लाग्छ भने उनको अधिकतम दबाव रणनीति, चीनलाई साइडलाइन गर्ने उनको कोशिश र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने योजना काम गरिरहेको छ।

जानकारहरुका अनुसार ट्रम्पले अनौपचारिक रुपमा ह्वाइट हाउसमा भनेका थिए, ‘मलाइ के आशा छ भने किम जोङ–उनका प्रस्तावको श्रेय मलाइ दिनुपर्छ, मतदाताले ले दिन्छन नै।’ तर, किमसँग भेट गर्नु एक खतरा हो, किनभने किमलाई भेटेर ट्रम्पले उनलाई आफ्नै हैसियत दिनेछन्। जुन उनको छविकालागि घातक सिद्ध हुनसक्छ। भेटवार्ताकालागि बताइएको समय अब केही दिनमात्र बाँकी छ। 

दक्षिण कोरियाको बुसान विश्वविद्यालयका प्रोफेसर रबर्ट ल्यालीले ट्विट गरेका छन्, ‘ट्रम्प अध्ययन गर्दैनन्। उनी आफ्नै स्क्रिप्टबाट अन्तै पुग्छन्। मे मा भेट गर्ने भन्नुको अर्थ वार्ताको तयारीकालागि समय छैन बराबर हो।’ उत्तर कोरिया यो खेल दशकौंदेखि खेलिरहेको छ। ट्रम्प यो खेलमा अहिले नयाँ हुन्। उनले अगाडि ठूलो जित देखेका छन्। तर उनको सैदाबाजीको कलाबाट किम जोङ–उनसँग गर्न सक्दैनन्।

मुनकालागि यो विषय इतिहाससँग जोडिएको र केही निजी पनि छ। यसअघि पनि उनी २००७ मा राष्ट्रपति रोह मु–ह्युनका प्रमुख अधिकारीका रुपमा उत्तर कोरियासँग सम्झौताको कोशिश गरिसकेका छन्। त्यतिबेला उनले किमका बुवा किम जोङ–इलसँग भेटवार्ता गरेका थिए।

अन्तिम पटक जब दुई देशका शीर्ष नेताबीच वार्ता भएको थियो। उत्तर कोरियाले स्याटेलाइट लन्च गरेपछि वार्ता भाँडिएको थियो।
त्यतिबेलासम्म करिव साढे चार अबर लडरको सहयोग संवाद नीति अनुसार उत्तर कोरियाले सो रकम पाइसकेको छ।  आलोचकहरुले त्यही पैसाले उत्तर कोरियाले हतियार जुटाएको आरोप लगाएका छन्।

कोरियाली प्रायद्वीपीया फोरमकी फेलो ड्युइअन किमका अनुसार एक पटक असफल भइसकेका मुन आफ्नो अधुरो काम पूरा गर्न चाहन्छन्।
उत्तर कोरियाबाट आएका एक शरणार्थीका छोरा मुनलाई राम्रोसँग थाहा छ, की कोरियाली प्रायद्वीपमा युद्धको प्रभाव के हुन्छ। १९५० मा कोरियाली युद्धको सुरुवातको क्रममा मुनका आमा बुवा हजारौं शरणार्थीसँग यूएनको आपूर्ति जहाजमा उत्तर कोरियाबाट भागेर आएका थिए।

आफ्नो चुनाव प्रचारको क्रममा उनले पत्रकारसँग भनेका थिए, ‘मेरा बुवा कम्युनिज्मलाई घृणा गरेर उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आउनु भएको थियो। म पनि उत्तर कोरियाको कम्युनिष्ट शासनको विरोध गर्छु। तर यसको अर्थ म उत्तर कोरियाली जनतालाई दमनकारी शासन भोग्न बाध्य पार्छु भन्ने होइन।’ राष्ट्रपति मुनलाई के थाहा छ भने अगाडिको बाटो सजिलो छैन। उनले मानिसहरुको आशालाई सम्हालेर राखेका छन्। र अगाडि जे पनि हुनुसक्छ।

एक कम्युनिष्ट देश जसको इच्छालाई बुझ्नु मुश्किल काम हो। उसँग यो वार्ता निकै ठूलो जुवा खेल्नु जस्तै हो। तर यदि उनी यसमा सफल भएभने परमाणु युद्धको खतरा कम हुनसक्छ। उनलाई नोबेल शान्ति पुरस्कार पनि मिल्न सक्छ। यदि उनी फेल भए भने खतरनाक राजनीतिक खेलमा आउँछन्।

लौरा बिकर बीबीसी न्यूज़, साेल

Leave a reply

HTML Tags are not supported

Post My Comment »