छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

३० चैत्र २०७४
banner

प्रतिनिधि मुलक तस्विर

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ छहरा स्थित पृथ्वी राजमार्गमा पिटरको ठक्करबाट घाईते एक महिलाको उपचारका क्रममा ज्यान गएको छ। 

आज शुक्रबार बा.२क ३७३४ नम्बरको टिपरले बा.३४प ८९०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका–३ बस्ने १९ बर्षीय कृष्ण सापकोटा र गम्भीर घाईते भएकी १६ बर्षीया सुष्मा पन्थको उपचारका क्रममा ज्यान गएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यस्तैगरी नवलपरासीको गैंडाकोट नगरपालिका–१० कोटिहोम चोक स्थित पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक व्यक्तिको ज्यान गएको छ। 

एचआर ३८ डव्लु ०७६८ नम्बरको भारतीय ट्रकले बा.९१प २६४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक कैलाली बेलहिया बस्ने २५ बर्षीय सुनिल धमलाको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २६ बर्षीय लक्ष्मण नेपालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |