अतृप्त प्रेम

१५ चैत्र २०७३

banner

चन्चल स्वभावकी निहारिका रात्रिबस चढेर पे्रमी अनुरागको आग्रहमा उनले निम्तो गरेको स्थानतर्फ जाँदै थिईन् । लामो यात्रापछि बस एकाएक घ्याच्चककककक ..........रोकियो, “ इन्द्रसरोवर जाने बाटो आयो ल......... ल............ उत्रिनुस्” । कन्डक्टरको कर्कश स्वरले स्वप्निल दुनियाँमा हराईरहेकी निहारिका एक्कासी झल्याँस्स भईन् । हतार हतार सिटबाट उठ्दै आफ्नो झोला बोकेर बसबाट ओर्लिन् । अब उनले इन्द्रसरोवरको यात्रा तय गर्नु थियो । लामो याात्रामा उनि एक्लै थिईन् । बसबाट दुई जोडी युवा युवती पनि इन्द्रसरोवर को यात्राका लागी झरे । निहारिकालाई अलिक आधार भयो । मौनतालाई चिर्दै निहारिकाले आफ्नो कोमल हातहरु अगाडी बढाउँदै भनिन् “म निहारिका........सिन्धुलीबाट आएको” निहारिकासँग हात मिलाउँदै एक युवतीले भनिन् “म शीतल.......नजिकै रहेका एक युवकतिर ईशारा गर्दै उनि बोलिन् यी मेरा साथी बिराज हामी दुबै हेटौंडाबाट...... बिदाको आनन्द लिन इन्द्रसरोवर यात्रामा निस्केका” ..........बिराजले प्रसन्न मुद्रामा निहारिकालाई हेर्दै भने, “चिनजान भएकोमा खुशी लाग्यो”“हजुरहरु पनि इन्द्रसरोवर जाने हो ?” निहारिकाले सोधिन् ,“हो हजुर !

उनिहरुले सहमतिमा शिर हल्लाए .....हजुरपनि उतै जाने हो र ?” उनिहरु दुबैले निहारिकासँग प्रति प्रश्न गरे । “म पनि उतै जाने हो, म एक्लै छु सँगै जान पाए मलाई पनि साथी हुने थियो”उनले आफू पनि उनिहरुसँगै जाने बताईन् । पहिला त ती जोडीहरु एक अर्कामा मुखामुख गर्न थाले । उनले सब बेलिबिस्तार लगाएपछि उनिहरु निहारिकालाई पनि सँगै लान राजी भए । उनिहरु अघिअघि निहारिका पछिपछि आफ्नो गन्तब्य तय गर्न थाले । सवारी साधन नजाने स्थान भएकोले पैदल हिँडेरै उकालै उकालोको यात्रा गर्नु थियो । कहिल्यै पैदल यात्रा नगरेकी निहारिका आज आफ्नो प्रेमीलाई भेट्न सकि नसकी अत्यासलाग्दो पहाड उक्लिरहेकी थिईन् । पसिनाले निथ्रुक्क भिजेको थकित,क्लान्त अनि शिथिल शरिर लिएर अनुरागलाई भेट्ने आशामा उनका पाईलाहरु अगाडि बढिरहेका थिए । १० बर्ष अगाडिको स्कूले जीवनदेखि कलेज जीवनसम्मको अफेयरलाई जीवन्तता दिन अनुरागले उनलाई यहाँ डाकेका थिए । यात्राको दौरानमा यात्रुहरुलाई कुनै बाधा अफ्ठ्यारो नआओस् भनी ठाउँ ठाउँमा बिश्राम गृह,चिया नास्ता साथै पहाडको स्वच्छ खानेपानी,चिसो पेयपदार्थ,सरबत आदीको समेत ब्यवस्था गरिएको थियो । उनिसँगै आएका दुई युवा युवतीहरुले निहारिकालाई सक्दो सहयोग गरे । आफूले ल्याएका खानेकुराहरु बाँडीचुँडी खाँदै,मिठा,मिठा बात मार्दै करिब ३ घण्टाको लामो उकालो पार गरिसकेपछि बिच बिचमा बिश्राम गर्दै पहाडको चिसो पानीको आनन्द लिँदै अन्ततः उनिहरु ईन्द्रसरोवर आईपुगे  । अब उनिहरुको अन्तिम गन्तब्य अगाडि थियो ।


चाँदीजस्तै टल्किने कन्चन सेतो हिमालको काख बिच सरोवर सहित फैलिएको समथर उपत्यका......... जसको नाम इन्द्रसरोवर  थियो............सूर्यको उज्यालो लालिमाले इन्द्रसरोवर उपत्यका पूरै नूहाएझैं देखिन्थ्यो ........आकाशमा बादलको लेशमात्रपनि थिएन । निलो आकाश............. बासन्ती पालुवाहरुले सोभायमान भएको रमणिय स्थान,सप्तरंगी सुगन्धित फूलहरुको महकताले वातावरण नै मोहित भएको थियो,यत्रतत्र मानव निर्मित हरित बृक्षहरु........ बिभिन्न कलाकृतिले सिँगारिएका सुन्दर बगैंचा,रनबन लहराईरहेका हरिया लतिकाहरु........कल्पबृक्षहरु .........प्रेमिल जोडिहरु बिचरण गर्न बनाईएका सुशोभित स्थानहरु,मनोरम प्राकृतिक छटाले भरिपूर्ण शान्त स्निग्ध तलाउमा सफेद हंसहरु जलक्रिडा गरिरहेका थिए । नजिकै निलो झरनाबाट झरिरहेको कलकल कलकल आवाजबाट संगितको मधुर धुन बजिरहेको आभास हुन्थ्यो । चराचुरुंगीहरु चुँ....... चँु..... गर्दै चुच्चो जोडेर एक अर्कामा मायाँ साटासाट गर्दै थिए । पर्यटक लोभ्याउन बनाईएका चिडियाखानामा ............रंगिचंगी चराचुरुंगी डाँफे,मयूर,तित्राहरु मनमोहक रुपमा नाचिरहेका थिए । अलि पर.............वातावरणको मुग्धतासँगै मृगका एकहुल बथानहरु प्रकृतिको हरियालीमा रमाउदै लुकामारी गरिरहेका दृष्य छर्लङ्गै देखिन्थ्यो । मानौं स्वर्गको एक अनमोल टुक्रा खसेर यस धर्तिका किट पतंग,पन्छी,जलचर,स्थलचरहरुलाई सम्मोहित गरि लोभ्याईरहेको थियो ।

शान्त स्निग्ध स्थान जहाँ प्रेमिल जोडिहरु भेट भई एक अर्कामा मायाँ प्रेमको अभिब्यक्ती आदान प्रदान गर्दथे । सूर्योदय देखि सूर्यास्त सम्म एक अर्कामा सुख दुःख साटासाट गर्ने,मिठा,मिठा परिकार अर्डर गरी एक अर्कालाई खुवाउने खाने,प्रेमको सागरमा हराई प्रकृतिको काखमा लुटुपुटु गरी मधुयामिनी रात बिताउने प्रेमिल जोडिहरुको संगमस्थान भएकोले त्यस स्थानलाई सबैले इन्द्रसरोवर बगैंचा भन्दथे । उक्त इन्द्रसरोवर बगैंचाको वातावरण वास्तवमै मनमोहक थियो । वातावरणको महकतालाई चिर्दै एकहुल जोडिहरु एक अर्कामा अंकमाल गर्दै मायाँको स्वप्निल संसारमा हराईरहेका देखिन्थे । अथाह मानव सागरको उपस्थितीलाई मध्यनजर गर्दै खोलिएका उत्कृष्ट होटल,लज,कफी पसलहरुले वातावरणको रौनकतालाई अझ बढाईरहेका थिए ।             

निहारिका मुर्तिवत् रुपमा इन्द्रसरोवरको प्राकृतिक छटामा मन्त्रमुग्ध भई हराईरहेकी थिईन् । उनका लागी मानौ यो स्थान स्वर्ग सरह थियो । उनले जीवनमा यतिधेरै सुन्दर स्थान कहिल्यै देखेकी थिईनन् । निहारिकासँगै आएका युवा युवतीहरु बिदा हुँदै आ–आफ्नो स्थानतर्फ लागिसकेका थिए । निहारिका एक्लै थिईन् । प्राकृतिक सौन्दर्यको रसपान गरिरहेकी निहारिका एकाएक झसंग भईन् । उनले अब अनुरागलाई खोज्नु थियो । हत्तपत्त झोलाबाट मोवाईल झिकेर अनुरागलाई फोन गर्न थालिन् । अनुरागको सेल फोन लागिरहेको थिएन । शायद त्यहाँ नेटवर्कले राम्रो काम गर्दैनथ्यो । जतिपटक कोसिश गरेपनि सम्पर्क हुन सकेन भन्ने आईरहेको थियो । निहारिकाले यत्र तत्र चियाउँदै अनुरागलाई खोजिन् ।

अनुरागको उपस्थितिको कहिं कतै गुन्जाईस थिएन । केहि समय पछि एकाएक न्यानो नरम हातले पछाडिबाट निहारिकाको आँखा बिस्तारै छोप्यो । निहारिका झसंग भईन् । “को हो ?” निहारिका चिच्याईन् । अँध्यारोमै आफूलाई आँखा छोप्ने मानिसलाई छाम्न पुगिन् । उनको आँखा छोप्ने मानिस अरु कोही नभएर उनै अनुराग थिए । निहारिकाको अन्तरआत्माले अनुरागको उपस्थिति सहजै महसुस ग¥यो । प्रतिक्षाको घडी अब सकिईसकेको थियो, “सरप्राईज....... इन्द्रसरोवर बगैचामा स्वागत छ प्रिया...........” अनुरागले निहारिकाको आँखा खोल्दै एउटा रातो गुलाब लिएर झुक्दै भने । गोरो बर्ण,चौडा छाती,सुन्दर अनुहार,कालो केश, नशालु आँखा पफेक्ट पर्शनालिटी !अब उनको आँखा अगाडी निहारिकाको सपनाको राजकुमार प्रत्यक्ष उभिएका थिए । निहारिकालाई पहिला त बिश्वासै भएन । थाहा थिएन यो सपना थियो या बिपना ? अनुभुती गराउन निहारिकाले आँफैले आफूलाई चिमोटिन् । आखिर वास्तविकता उनको अगाडि थियो ।

१० बर्षपछि एकाएक प्रत्यक्ष रुपमा अनुरागलाई सामुन्ने पाएर निहारिकाको भुँइमा खुट्टा थिएन । उनले मन थाम्नै सकिनन् । अनुरागलाई आफ्नो अगाडी पाएर निहारिकाका आँखा रसाए । शायद यो हर्षको आँसु थियो । बर्षैबर्षदेखिको उनको मनभित्रको सपना आज पुरा भएको थियो । “आई लभ यु सो मच निहारिका.........! विल यु लभ मि माई डियर.......... ?”। निहारिकाको पूरै शरिर रक्तिम भयो । उनिलाजले रातिपिरी भएकी थिईन् । तथापि अनुरागले दिएको मायाँको चिनो रातो गुलाब लिँदै सहमतिमा भनिन् ,“यस....... आई लभ टु .........स्विट हार्ट..........” केहि बेर दुबैका आँखा जुधे ......... झिमिक्क समेत नगरी एकोहोरो प्रेमिल भावले दुबैले एक अर्कालाई हेराहेर गरे । गोरो वर्ण,मृगका जस्ता नयन,कमलका पत्रजस्ता ओठ,मोतीका दानाजस्ता दन्त,यत्रतत्र लहराएका केशरासी फिंजाउँदै लाजवन्ती नब बधुझैं निहारिकाले एकटक अनुरागलाई हेरिरहेकी थिईन् । यो दृष्यले अनुरागको नशा नशाबाट प्रेमरस छचल्किएर पोखिन लाग्यो । उनि भावविभोर हुनथाले।उनिपनि बर्षाैंबर्ष अगाडिदेखिको प्रेमलाई सार्थक बनाउन चाहन्थे ।बिलम्ब नगरी ग्वाम्लाङ्ग अँगालो हालेर अनुरागले निहारिकालाई आफ्नो बाहुपाशमा टाँस्न पुगे । निहारिकाको लतिकासरी फैलिएका केशराशी सुम्सम्याउँदै उनलाई बलियो आलिंगनमा कसी यत्रतत्र चुम्बन गर्न थाले । दुबैका आँखाबाट अबिरल रुपमा अश्रुधाराहरु बगिरहेका थिए ।

शायद यो खुशीको आँसु थियो ।बर्षौं बर्ष अघिको निहारिका र अनुराग बिचको प्रेमले आज मुर्त रुप पाएको थियो । दुबै कुनैपनि हालतमा छुट्टिन तयार थिएनन् । तसर्थ धेरैबेरसम्म एक अर्कामा अंकमाल गर्दै प्रेमको अनन्त सागरमा डुबुल्की मारेर बसिरहे  । बिस्तारै बिस्तारै धर्तिमा अँध्यारोले आफ्नो च्यादर फैलाउन थाल्यो,साँझ परेको अनुभुति हुनथाल्यो । ईन्द्रसरोवर बाटिकामा मिठामिठा प्रेमालाप गरि साँझपख उनिहरु दुबै त्यो रिसोर्टतर्फ प्रस्थान गरे ।
                       
निहारिकाको लागि अनुरागले शानदार रिसोर्टको कोठा बुकिङ गराईसकेका थिए । जसको नाम थियो “स्वर्गभूमि रिसोर्ट”जुनवास्तवमै अद्भुत थियो । त्यो रिसोर्ट कुनै स्वर्ग भन्दा कम थिएन ।मुख्यद्धारमा प्रवेश गर्नासाथ द्धारपालले दुवैलाई जोशिलो सलाम ठोक्यो । उत्साहित हुँदै दुवैले नमस्ते फर्काए अनि लाउन्चभित्र प्रवेश गरे । बत्तिको उज्यालोमा पूरै रिसोर्ट धपधपी बलिरहेको थियो । सुकिला लुगामा सजिएका वेटर र वेट्रेसहरु ट्रे मा बिभिन्न परिकारहरु सर्भ गर्दै पाहुनाहरुको सेवामा खटिएका थिए । खाने,पिउने र मनोरञ्जन गर्नेहरुको कुनै कमि थिएन । होटल बाहिरको डबलीमा सुन्दर आर्केष्ट्रा गुन्जिरहेको थियो । कोहि रक्सी र बियरको उन्मादमा झुम्दै संगितको सुमधुर धुन सुन्न लालायित थिए भने कोहि आ–आफ्ना प्रेमी प्रेमीकासँग हाँसो ठट्टा गर्दै सोमरसको उन्मादमा रमाउँदै थिए । निहारिका र अनुरागपनिपनि त्यही बसेर रमाउन थाले ।अनि आर्केष्ट्राको सुमधुर धुन सुन्दै खानेकुरा अर्डर गरे । एउटा वेटर हातमा मेनु लिएर अनुराग र निहारिकाको टेबुलमा आयो,उसले शिष्टतापूर्वक मेनु टेबलमा राखिदियो अनि भन्न लाग्यो,“सर..... मेम के  सेवा गरुँ ?”अनुरागले मेनु हेर्दै  अर्डर गर्नथाले, “एक ह्विस्की, २ बियर,दुई प्लेट मटन करी,दुई प्लेट मटन सेकुवा,एक प्लेट ग्रिन सलाद,अनि एक मिनरल वाटरअरु चाहिए पछि अर्डर  गरौंला ।”

“हस् हजुर !” यति भन्दै वेटरले अर्डर स्लिपमा अनुरागले अर्डर गरेको खानेकुरा लेख्यो अनि किचनतिर प्रवेश ग¥यो ।
केहिबेरको पर्खाइपछि वेटरले खानेकुरा ल्याएर टेबुलभरि सजाएर गयो । अनुरागले बिभिन्न परिकारको स्वाद लिंदै निहारिकालाई खुवाउँदै आफू पनि खाँदै गर्नथाले । मैनबत्तिको उज्यालोमा अनुरागको साथ डिनर गर्दा निहारिकालाई कुनै अर्कै दुनियाँमा हराइरहेको  भान हुन्थ्यो । दुवै एक अर्कामा टाँसिएर बसेका थिए । निहारिकालाई अलि असहज भयो अनि मुन्टो उठाएर चोर आँखाले वरिपरी नियाल्न थालिन् । सवै आफ्नै संसारमा मस्त थिए । तथापि कसैलाई कुनैपनि कुराको पर्वाह थिएन । हाँसो ठट्टा गर्दै अनुराग र निहारिकाले एक एक गर्दै पूरै ह्विस्की र बियरका बोतलहरु रित्याए । प्लेटभरिको मासु,सलाद र अचारपनि सफाचट पारे । रातको खानापनि मगाएर खाएअनि रिसेप्सन काउन्टरबाट बुकिङ गरिएको कोठाको चाबी लिएर अनुराग र निहारिका गेष्ट रुममा प्रवेश गरे । साथमा वेटरपनि सँगै थिो । उसले कोठासम्म गाइड ग¥यो । तातो पानी,चिसो पानी,टेलिफोन,भोलि बिहानको चिया कफिबारे बतायो । तातोपानीको लागि इलेक्ट्रिकल केटल थियो । साथको ट्रे मा चिया,कफी,डेरी क्रिमर र चीनीका स्याचेट सजाइएका थिए । भोलि बिहानको खानाको लागि एकघण्टा अगाडि खवर गर्नुपर्ने बताउँदै “गुड नाईट” भन्दै वेटर बाहिरियो ।कोठाभित्र पस्नासाथ अनुरागले चुकुल लगाए । अनि दुवै नजिकै राखिएको सोफामा बसे ।

कोठा वास्तवमै अद्भत आकर्षक रुपले सिंगारिएको थियो । निलो रंगमा रंगिएको कोठा,भित्तामा मोनालिसाको सुन्दर आकृती एवं हिमालका मनोरम दृष्यले सजिएका रंगिचंगी पोस्टरहरु...........सफेद कपडाले सजाइएको शयनकक्ष, भुईँमा रंगिन गलैंचा बिछ्याईएको,टेबुलमा राखिएको गमलालाई रंगिचंगी फूलहरुले सिंगारिएको थियो । निहारिकाको शरीरबाट फैलिएको सुगन्धित अरबी अत्तरको बासनाले सिंगो कोठा नै मगमगाएको भान हुन्थ्यो । दुवै नशाको उन्मादमा लठ्ठथिए ।अब अनुराग र निहारिकालाई रोकतोक गर्ने त्यहाँ कोहिपनि थिएन । परिस्थिती काबुभन्दा बाहिर गईसकेको थियो । मौनतालाई तोड्दै अनुराग निहारिकाको कानमा केहि फुसफुसाउन थाले,निहारिकाले मौन स्विकृति दिईन् । अनुरागले मदहोश हुँदै पुनः निहारिकालाई बलियो आलिंगनमा कसे । अनुरागको न्यानो मायाँमा पागल भएकी निहारिकाको गुलाबी ओठहरु अनायस थर्थराउन थाले । निशःर्त रुपमा आज उनि आफ्नो सम्पूर्ण शरीर अनुरागलाई समर्पण गर्न चाहन्थिन् । अनुरागपनि त त्यसको अपवाद थिएनन् । मायाँको आगो दुवैतिर दन्किरहेको थियो । उनले चुपचाप  आफ्नो प्यासीओठहरुनिहारिकाको उष्ण ओठमालगेर जोडे । दुवैको अन्तर हृदयमा अनौठो उर्जा प्रवाह हुनथाल्यो । दुवैको होश ठेगानमा थिएन ।

चन्द्रसरोवरको काखमा यस धर्ति र आकाशलाई साक्षी राखेर उनिहरु जन्मौं जन्मसम्म नछुट्टिने गरि एक अर्कामा बाँधिन चाहन्थे । अबिरल रुपमा बहेको आँसु पुच्छ्दै निहारिका कबिताको भाषामा अनुरागलाई भन्दै थिईन् ,“अनराग.......! फूलहरु बिरक्तिंदा बास्नाहरु आँफै पग्लिएर जान्छन् मलाई दर्द हँुदा तिमी के गर्छौ ?उनको बोली लर्बरिएको थियो । अनुरागले निहारिकाको पाखुरा सुम्सुम्याउँदै मायालु स्वरमा भने “निहारिका ! त्यसो नभन,तिमी त मेटाग्यालेसी हौ ..........यानि कि सुन्दर आकाशगंगा । तिमी फूलको बासना होईनौ । यो न बिर्स कि हामि दुवै एउटै गन्तब्यमा छौं,अनेकौं उतार चढावसँग पौंठेजोरी खेल्दै जीवनपर्यन्त एकअर्कामा समर्पित हुने बाचा कबोल गरिसेका छौं ”निहारिकाले अनुरागको भावनाको कदर गर्दै आफ्नो सम्पूर्ण शरीर अनुरागको बाहुपासमा सुम्पिदिईन् । अनुरागले निहारिकालाई अंगालोमा बाँधे,काखमा लिए, अनि पलङमा लेटाईदिए अनि जताततै पागलसरी चुम्वन गर्नथाले । निहारिका मुर्तिवत् रुपमा पलङमा लेटिरहेकी थिईन् । अनिबर्षौंबर्ष अगाडिदेखि थोपा थोपा गरि संकलित हुँदै आएको त्योे यौवनरस,एकान्त रातको झस्काई अनि मनभित्र गुम्सिएर रहेका चाहना र रहरलाई उनिहरु हर हालतमा पुरागर्न चाहन्थे । निहारिका अन्तरआत्मादेखि नै के चाहन्थिन् अनुरागलाई थाहा भईसकेको थियो । तसर्थ अनुरागले बलिरहेको लाईट अफ गरिदिए अनि ब्ल्यान्केटभित्र घुस्रिंदै निहारिकाको न्यानो छातिमा लुटपुटिन थाले । शायद धेरैबर्षपछि को पर्खाई पश्चात् बल्ल आज उनिहरुको ईच्छ्या पूरा भएको थियो ।बाहिर टहटह जुन लागिरहेको थियो । भित्र मधुरो उज्यालोमा एक जोडि प्रेमिल जोडी जीवनपर्यन्त नमेटिने प्रेमका कथा लेख्दै थिए ,जुनेली रातसँगै प्रेमको अनन्त सागरमा हराउँदै थिए ।
                     
अनुराग र निहारिकाको एक हप्ते इन्द्रसरोवर को यात्रा सकिईसकेको थियो । एक हप्ताको दौरानमा दुवैले भरपुर मनोरन्जन गरे । बर्षौंबर्ष अगाडीदेखिको मायाँ प्रेमलाई सार्थक गराए । अनेक सपनाहरु सजाए,भविष्यका योजनाहरु बनाए । मायाँको डोरी अझ मजवुत बनाउँदै सँगै बाँच्ने सँगै मर्ने कसम खाए । अनुरागको ब्यापार ब्यवसाय इन्द्रसरोवर मै थियो । तसर्थ उनी यहिँ नै बस्दथे । फर्किनु त केवल निहारिकालाई मात्र थियो । तसर्थ निहारिकालाई बस चढाउन अनुराग पनि सँगै आएका थिए । केहिबेरको ओरालो हिँडाईपछि निहारिकाको बस चढ्ने ठाउँ आईपुग्यो । निहारिका अनुरागसँग छुट्टिन मानिनन् ।उनि रुँदै भन्दै थिईन् “अनुराग ! बर्षौंबर्षदेखि अंकुरित भएको हामिबिचको मायाँलाई अझ प्रगाढ पार्दै तिमीबाट टाढा जाँदैछु .....आशा छ हामी दुईबिचको मायाँ प्रेममा कुनै कमि नआओस् .........धमिरा नलागोस्,भिषण आँधीहुरीलेपनि भत्काउन नसकोस् ,जतिसकै बाधा अड्चन आएपनि धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरि अगाडि बढ्न सकौं , बेला बेलामा फोन गर्दै गर्नु ,मायाँ नमार्नु ......।”छिट्टै निहारिकालाई भेट्न आउने प्रतिज्ञा गर्दै अनुरागले निहारिकालाई सम्झाई बुझाई गाडी चढाए । मायाँको चिनो र पकेट खर्च पनि हातमा राखिदिए । निहारिकाको आँखाबाट बलिन्द्र धारा आँसुहरुखसिरहेका  थिए ।

अनुरागले सम्झाउँदै भने“निहारिका ! मेरो मुटु !!............ल्पिज.......... यी अनमोल मोतिका दाना जस्ता आँसुहरु अनाहकमा नबगाउ.........तिम्रो अनुराग हमेशा तिम्रै रहनेछ । हाम्रो मायाँमा कुनै कमि रहनेछैन । म तिमीलाई छिट्टै लिन आउनेछु । कुनै सन्देह नमानिकन जाउ । समाज साक्षी राखि बिधिवत् रुपमा बिहे गरेर म तिमीलाई भित्र्याउने छु ...........तिम्रो कसम स्विट हार्ट...... !”अनुरागले पुनःअन्तिम पटक निहारिकालाई अँगालोमा बाँधे,आँखा,ओठ,अनि गाला साथै दुवै हातमा हल्का चुम्वन गरे अनि निहारिकाको आँसु पुछिदिँदै निहारिकालाई गाडी चढाए । केहिबेरपछि बस आफ्नो गन्तब्य यात्रामा अगाडी बढ्न थाल्यो । निहारिका अनुरागलाई बाई बाईका हातहरु हल्लाउँदै बसबाट अगाडी बढिरहेकी थिईन् । अनुरागलाई देखिन्जेल उनका हातहरु हल्लिरहेका थिए । बिस्तार बिस्तार अनुराग ओझेल पर्दै गए । निहारिका सलको फेरले आँसु पुछ्दै सँुक्क सँुक्क अनुराग फर्केको बाटोहेर्दै रोईरहेकी थिईन् ..............
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »