नयाँ वर्ष (कविता)

१ बैशाख २०७५
banner

हरेक वर्ष 
वसन्तसँगै यसरी नै आउँछ-नयाँ वर्ष
अनन्त फूल र पालुवाहरुमा अभिब्यक्त भएर 
र म प्रकृतिमा अनुवादित् कवितामय  
नयाँ बर्ष को आगमनमा 
मलाई मनपर्ने विम्बहरु देख्छु
मन तरंगित हुने प्रतीकहरु भेट्छु  
अनि  आफ्नै  मधुरतम् अर्थहरु लाउँछु-
नयाँ वर्ष भनेको सुख, सम्वृद्धी र खुशीको 
सुचक हो 
पुर्वाभास हो 
ईशारा हो 
जुन निर्वादरुपले प्रितीकर छ
प्रेयसीको सुन्दर हेराई जस्तै 
मादक मुस्कान जस्तै  
सम्योगवस् हुने
कोमल स्पर्श जस्तै 

म स्वभावत् आल्हदित् हुन्छु 
कल्पन्छु
र योजना बनाउँछु-  
अवको वर्ष 
पुराना वर्षहरुमा लागेका सबै ॠण तिर्छु 
घर उकास्छु  
वर्षौं देखि घामपानीले पुरानो हुँदै गएको घरमा 
मनपर्ने रङ लगाउँछु 
अलिकति एक्स्ट्रा जोहो भएछ भने 
एउटा कविताको किताव निकाल्छु 
आफुले लेखेको
यो वर्षलाई यतिनै धेरै हुन्छ    

मनमनै दंग पर्छु
र अनयास झस्कन्छु-
हरेक नयाँ बर्षहरु  यसरीनै  आएका थिए
मलाई आश्वस्त पारेर 
र अन्तत गएका थिए 
खिन्न छोडेर  

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |