
लेखनाथ, पोखरा । पोखराको गगनगौंडामा सवारी दुर्घटनामा परी कुष्मा नगरपालिकाकी उपमेयर सीता काफ्ले लामिछाने सहित ६ जना घाइते भएका छन्।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना२ख ९७८९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको उपमेयर सवार ना४च ५०५४ नम्बरको जीपलाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दुर्घटनाका अन्य घाइतेमा उपपेयरको छोरा पूजन, छोरीहरु आकृति र देवानी लामिछाने तथा जीपचालक विनोद क्षेत्री र सहयोगी शिव क्षेत्री छन् ।
घाइतेमध्ये उपमेयर लामिछाने सहित छोरा पुजन र छोरी देवानीको मनिपाल शिक्षण अस्पतालमा र अन्यको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ।
उपमेयर लामिछानेलाई नाक, घाँटी, ओठमा चोट लागेको छ । घाइतेको अवस्थामा खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।
Leave a reply