बाबु-आमाको मृत्यु भएको ४ वर्षपछि जन्मियो बच्चा

१ बैशाख २०७५

banner

बीबीसी । आमाबाबर मरेको ४ वर्षपछि बच्चा जन्मियो भन्दा जो कोहीलाई पनि सजिलै पत्याउन मुस्किल पर्छ। तर विज्ञानले यो कुरालाई प्रमाणित गरिदिएको छ। चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले सबैलाई चकित बनाएको हो।


सन् २०१३ मा एउटा सवारी दुर्घटनामा मृत्यु भएका दम्पतीले सुरक्षित साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’मार्फत बच्चा जन्मिएको हो। छोरी–छोरीको मृत्यु भएपश्चात आमा–बुवाले उक्त शुक्रकिट तथा डिम्बमाथि हक दाबी गर्दै लामो कानुन लडाइँपश्चात त्यसलाई प्राप्त गर्न सफल भएका थिए।

उनीहरुले शुक्रकिट तथा डिम्बमाथि हक स्थापित गरे पनि चीनमा सेरोगेसी कानुनतः वैध नभएका कारण उनीहरुले त्यसलाई सडकमार्गबाटै छिमेकी देश लाओस पुर्‍याएका थिए। तरल नाइट्रोजनमा फ्रिज्ड गरिएको शुक्रकिट र डिम्बलाई कुनै पनि विमान कम्पनीको बोक्न नमाने पछि उनीहरुले सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता परेको थियो।

लाओसमा व्यावसायिक सेरोगेसी वैध भएकाले उनीहरुले शुक्रकिट र डिम्बलाई त्यहाँ लगेर सेरोगेट आमा मार्फत बच्चालाई जन्माएका थिए। उक्त बच्चा २०१७ डिसेम्बरमा जन्मिएको बताइएको छ।

त्यसपछि पनि वंश अगाडि बढाउन लागि परेका दुई चिनियाँ दम्पति सामु अर्को बाधा आइपर्‍यो। त्यो थियो बच्चाको पहिचान स्थापित गर्ने। त्यसका लागि दुवै दम्पतिले आफ्नो रगत तथा डिएनए परिक्षण गराउनु परेको थियो। डिएनएले उक्त बच्चा दुई दम्पतिको नाति भएको पुष्टि गरेपछि भने उक्त बच्चाले आधिकारिक रुपमा चिनियाँ पहिचान प्राप्त गरेको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »