भोलि सोमबारे र मातातीर्थ औंसीको दुर्लभ संयोग, उत्तम फल पाउन के गर्ने के नगर्ने ?

२ बैशाख २०७५

banner

काठमाडौं। अमावस्या अर्थात औंसीलाई त्यसै पनि पवित्र तिथी मानिन्छ । यो तिथीमा पितृको पूजा गरिन्छ जसबाट पितृदोष र कालसर्पदोषको शान्ति हुन्छ । भोलिको औंसीमा भने दुर्लभ संयोग परेको छ । भोलि मातातीर्थ औंसी हो र यही दिन सोमबार परेकोले सोमवती औंसीको पनि संयोग परेको छ । सोमबार औंसी वर्षमा केही पटक पर्छ तर देवनक्षत्र अश्विनी, बैशाख महिना र सोमवतीको संयोग भने निकै दुर्लभ हुन्छ जुन भोलि परेको छ । यो दिन गरिएका कार्यहरुको निकै विशिष्ट फल हुने शास्त्रमा वर्णन गरिएको छ । 

के गर्ने ? 

सोमवती अमावस्यामा धान, पान, बेसार, सिन्दूर र सुपारीले पीपलको वृक्षको पुजा र परिक्रमा गरिन्छ । हर परिक्रमामा यीमध्ये कुनै एक चीज चढाउनुहोस् । त्यसपछि आफ्नो सामथ्र्यअनुसार फल, मिठाइ, खानेकुराहरु, सुहागका सामग्री कुनै मन्दिरका पुजारी वा गरिब ब्राह्मणलाई दान दिनुहोस् । यसका अलावा अन्य व्यक्तिहरुले बिहान सबेरै उठेर शिवजीलाई जल चढाउनुहोस् । गरिबलाई खानेकुरा दान गर्नुहोस् । पितृको पूजा गर्नुहोस् । दिवंगत पितृको लागि ब्राह्मण वा कुनै मन्दिरका पुजारीलाई भोजन गराउनुहोस् । गाई, कुकुर र कागलाई खाना खुवाउनुहोस् । 

के नगर्ने ? 

यो औंसीमा मदिरा र मांसाहारबाट टाढै रहनुहोस् । शारीरिक सम्बन्ध नबनाउनुहोस् । कसैको जुठो भोजन नगर्नुहोस् । ननुहाइ नबस्नुहोस् । दाह्री, कपाल र नङ नकाट्नुहोस् । दिउँसोमा नसुत्नुहोस् र लसुन प्याजजस्ता तामसिक कुराहरु नखानुहोस् । 

कसरी गर्ने पितृदोष शान्ति ?

सोमबारे औंसीमा सूर्योदयभन्दा पहिल्यै पीपलको वृक्षमा जल र काँचो दूध चढाउँदा पितृदोषको शान्ति हुन्छ । सूर्योदयको समयमा कुनै नदीमा काँचो दूध र पानी मिलाएर बहाउँदा पनि पितृदोषको शान्ति हुन्छ । चाँदीको नाग नागिन बनाएर तिनको पूजा गर्नुहोस् । पूजा गरेपछि शिवलिंगमा चढाउने वा कुनै नदीमा बहाउने हो भने कालसर्पदोषको शान्ति हुन्छ । सेतो कपडाका चामल, सेतो मिठाइ, चाँदीको सिक्का र एक नरिवल राखेर आफैंलाई ७ पल्ट परिक्रमा गराएर नदीमा बहाउँदा पनि कालसर्पदोष शान्ति हुन्छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »