अफगानिस्तानमा तालिवानको आक्रमण, चार प्रहरीसहित २० को मृत्यु

२ बैशाख २०७५
banner

काबुल । अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। 

अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार आइतबार बिहान सात जना तालिवान लडाकू र दुई जना बन्दुकधारी हेरात प्रान्तको चिस्ती सारिफ जिल्लामा मारिएका छन्। 

मारिएकामध्ये एक जना नस्रुल्लाह बाग्घिसी नामका तालिवान डिभिजन कमाण्डर पनि रहेको समाचारमा जनाइएको छ। 

त्यसैगरी पूर्वी गाज्नी प्रान्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकू गरी ११ जना मारिएका छन्। 

लडाकूहरूले स्थानीय सुरक्षा कार्यालयमा सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि भएको दोहोरो भिडन्तका क्रममा उनीहरू मारिएका हुन्। 

जघातो जिल्लामा शनिबार राति सो भिडन्त भएको प्रान्तीय सरकारका प्रवक्ता हारिफ नुरीले सिन्ह्वालाई जानकारी दिए।

एक अर्कालाइ गोली हानिरहेको अर्को एक घटनामा परी पाँच जना लडाकू र केही प्रहरी घाइते भएको प्रहरीले स्रोतले जनाएको समाचारमा उल्लेख छ। रासस/सिन्ह्वा

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |