समाधान उन्मुख रोहिंग्या संकट, पहिलो शरणार्थी परिवार म्यानमार फिर्ता

२ बैशाख २०७५
banner

बीबीसी । म्यानमारबाट भागेर बङ्गलादेश गएका शरणार्थीहरूमध्ये पहिलो रोहिंग्या परिवार स्वदेश फिर्ता भएको म्यानमारले जनाएको छ। पाँच सदस्यको परिवार रखाइन राज्यस्थित फिर्ती शिविरमा पुगेको बताइएको छ।

रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष कैयौं मानिस बङ्गलादेश पुगेका थिए।

हाल बङ्गलादेशमा ७ लाख जति रोहिंज्या शरणार्थी रहेको बताइन्छ।

म्यानमार र बङ्गलादेशबीच भएको महिनौँ लामो कठिन वार्तापछि दुवै मुलुकले रोहिंग्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति गरेका थिए।

तर राष्ट्रसंघले म्यानमारमा शरणार्थी फिर्तीको अवस्था बनिनसकेको भन्दै सचेत गराएको थियो। रखाइन राज्यमा भएको सैन्य कारबाहीलाई राष्ट्रसंघले जातीय सफायाको तहको भन्दै आएको छ।

म्यानमारले चाहिँ त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको बीबीसीले जनाएको छ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |