बेल्जियममा नयाँ वर्ष तथा नेपाल महोत्सव सम्पन्न

२ बैशाख २०७५

banner

लुभेन, बेल्जियम । बेल्जियममा नेपली नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव २०१८ सम्पन्न भएको छ।

एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, विभिन्न नेपाली तथा स्थानीय संस्थाहरुको सहआयोजनामा हिजो १४ अप्रिल २०१८ का दिन उक्त विशेष कार्यक्रम सम्पन्न भएको हो। 


महोत्वसमा बेल्जियमका लागि नेपाली राजदूत प्रमुख अतिथी लोक बहादुर थापाले पानसमा मैन बक्ति प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।  

महोत्सवको उदघाटन सत्रमा महामहिम राजदूत थापाले लगानी र पर्यटनका लागि नेपाल सुरक्षित र उत्कृष्ट राष्ट्र रहेको बताउँदै राष्ट्रोत्थानमा गैरआवसीयहरुको सहभागिताको सह्राना गरेका थिए । 

सांसद यल्स भान होफ, स्थानीय प्रान्तका उपगभर्नर टी रुफस, पूर्व उपप्रधानमन्त्री माग्दा, लुभेन नपाका उपमेयर दानिस, छिमेकी नपाका मेयरव्दय इमिर किर र डिर्क क्लायस तथा बेल्जियमको गेसस महासँघ एआईएफ का अध्यक्ष लुसियानो कोरसानी, बेल्जियम नेपाल मैत्रीसँघका अध्यक्ष लुक, बेल्जियमका लािग नेपाली अवैतनिक दूत रोजर द गु्रनले नयाँ वर्षको शुभकामना दिदैं बेल्जियमा नेपाली समुदायको उपस्थिति, साँस्कृति सँयोजन, आपसी सहाकार्य तथा सक्रियताको प्रशंसा गर्दै नेपालको पर्यटन तथा समृद्धिको कामना गरेका थिए। 

सोही अवसरमा एनआरएनका केन्द्रीय उपाध्यक्षव्दय कुल आचार्य, सपिला राजभण्डारीले पनि मन्तव्य राखेका थिए। 

केन्द्रीय सचिव जानकी गुरुङ, महिला संयोजक रजनी प्रधान, अनरी काउन्सिलर गोविन्द सुवेदी, यूरोप संयोजक शिव बरुवाल, केन्द्रीय सदस्यहरु, एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, निवर्तमान अध्यक्ष संगाधर गौतम, अन्य भूपू अध्यक्षहरु,  पर्यटन दूत विनोद न्यौपानेले पनि नयाँ वर्षका अवसरमा शुभकामना दिएका थिए।

 एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालको सभापतित्वमा भएको समारोहमा उपाध्यक्ष तथा कार्यक्रम सँयोजक खडक केसीले स्वागत मन्तव्य दिदैं महोत्वसवारे प्रकाश पारेका थिए। 

विविध चरणहरुमा महासचिव आड माया लामा, निशा गुरुङ तथा सोफिया महर्जनले नेपाली तथा स्थानीय भाषामा उदघोषण र राजेन्द्र रसाइलीले कार्यक्रमको प्रत्यक्ष प्रसारणको सँयोजन गरेका थिए।

महोत्सवको दाश्रो चरणमा नेपाली खाना तथा पेय, बुद्धको जन्म तथा पर्यटकीय सम्भावना र गन्तव्यहरुको प्रचार, हस्तकला र अन्य उत्पादनहरुको प्रदर्शनी सँगै विविध साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो।  

सोही अवसरमा चिठ्ठा प्रणालीबाट ४ जनाको लागि नेपाल आउने जाने हवाई टिकट पनि वितरण गरिएको थियो। 

यसैबीच एनआरएन बेल्जियमको सचिवालयले महोत्सव सफल तुल्याउन पुर्याएको सहयोगको लागि नेपाली राजदूतावास, स्थानीय तथा नेपाली समुदाय, सहआयोजक सँघसँस्थाहरु तथा प्रायोजकहरुमा धन्यावाद प्रकट गरेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »