शेर्पा संघ दक्षिण कोरियाको बैठक, बिभिन्न महत्वपूर्ण विषयमा निर्णय

२ बैशाख २०७५
banner

दक्षिण, कोरिया । दक्षिण कोरियाको राजधानी सौलमा शेर्पा संघको बैठक सम्पन्न भएको छ। 

संघको बैठकले विभिन्न सामाजिक विषयमा महत्वपूर्ण निर्णय गरेको छ। 

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित ग्याल्बो लोसार सांस्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको निष्कर्ष सहित नेपालमा रहेका आर्थिक बिपन्न वर्ग समुदायका बाल बालिकाहरुको शिक्षाका निम्ति नेपाल शेर्पा विद्यार्थी संघ मार्फत छात्रवृद्धि दिने निर्णय गरिएको छ।

साथै हाल विभिन्न सामाजिक नारा सहित सगरमाथा आरोहन गर्न लागिरहेको शेर्पा समुदायको चेली  डोमा शेर्पा, निमा छोकी शेर्पा , दावा बुटी शेर्पा लाई संघ द्वारा प्रति ब्यक्ति नेपाली १५००० हजार को दरले आर्थिक सहयोग प्रदान गर्ने निर्यण गरिएको छ।

त्यसै गरि नेपाल शेर्पा संचार ताप्लेजुंग शाखाद्वारा एक दिवशिय जना चेतन्मुलक प्रशिकक्षण कार्यक्रम आयोजन गर्न लागिरहेको हुँदा उक्त कार्यक्रम सफल बनाउन शेर्पा संघ दक्षिण कोरिया द्वारा १५०००० वन आर्थिक सहयोग गर्ने भएको छ।  

त्यसै गरि हाल नेपाल शेर्पा संघ द्वारा केन्द्रिय कार्यालय भवन  खरिद गरिएको हुदा उक्त भवन खरिद को निम्ति शेर्पा संघ दक्षिण कोरिया द्वारा संस्थागत ५००००० वन सहित थप प्रभापकारी ढंगले आर्थिक सहयोग संकलन गर्ने लगायत बिबिन्न समसामाहिक बिषय मा छलफल गरि  बैठक सम्पन्न  भएको संघको अध्यक्ष ले संचार माध्यमलाई जानकारी दिए।

संघद्वारा आफ्नो कोरिया बसाई अवधि सकेर स्वदेश फर्कने क्रममा रहेको शेर्पा संघ दक्षिण कोरियाका सदस्य तथा खेलकुद विभाग संयोजक सोनाम शेर्पालाई संघका अध्यक्ष सेर साङबो शेर्पाले दोसल्ला ओडाई सम्मान गरेका छन्। 
 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |