चितुवाको आक्रमणबाट एकजना घाइते

३ बैशाख २०७५
banner

भीमदत्तनगर।  चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् । चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् । 

सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिए। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ । उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |