तेस्रो विश्वयुद्धको संकेतः रुसका हतियारसहितका जंगी जहाज सिरियातर्फ बढ्दै

३ बैशाख २०७५

banner

एजेन्सी। के सिरिया संकटका कारण तेस्रो विश्वयुद्धको खतरा उत्पन्न हुन सक्छ ? यो प्रश्न यसकारण उठ्न थालेको छ किनकि सिरियामा कैयौं देशको गुटबन्दी निकै हिंस्रक भइरहेको छ । अमेरिका र उसका सहयोगी देशहरुले सिरियामाथि रासायनिक हतियारको प्रयोग गरेको आरोप लगाइरहँदा सिरिया, रुस र इरानले भने अमेरिकी कारवाहीको निन्दा गरेका छन् । पछिल्लो समय केही मिडिया रिपोर्टमा भनिएको छ – रुसका युद्धक जहाज सिरियातर्फ बढ्दैछन् ।

डेली मेलको रिपोर्टअनुसार आइतबार सिरिया जाने बाटोमा २ रुसी लडाकू जहाज हातहतियार र मिलिट्री गाडीका साथ देखिएका छन् । यी गाडीहरुका ट्यांक, आर्मी ट्रक र हतियारले सुसज्जित मोटरबोटहरु छन् । एउटा जहाजलाई टर्की नजिकै बास्फोरसमा देखियो । जहाजको फोटो बास्फोरसका एक समुद्री पर्यपेक्षकले ट्वीटरमा पोस्ट गरेका थिए । यसरी रुसी हतियारधारी जहाज सिरियातर्फ बढ्नुलाई अर्थपूर्ण मानिएको छ । 

रुसले सिरियामा आक्रमण गर्ने देशविरुद्ध जवाफी आक्रमणका लागि यी हतियार सिरिया पठाइरहेको अनुमान गरिएको छ । स्मरणीय छयसरी रुसी हतियारधारी जहाज सिरियातर्फ बढ्नुलाई अर्थपूर्ण मानिएको छ । रुसले सिरियामा आक्रमण गर्ने देशविरुद्ध जवाफी आक्रमणका लागि यी हतियार सिरिया पठाइरहेको अनुमान गरिएको छ । स्मरणीय छ सिरियालाई रुसले समर्थन गर्दै आइरहेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »