पार्टी एकताको मुखैमा ओली प्रचण्ड भेट,  के भयो छलफल ?

३ बैशाख २०७५

banner

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ । 

बैशाख ९ गते औपचारिक रुपमा पार्टी एकता गर्ने तयारी भइरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनीहरुबीच छलफल भएको हो । 

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »