‘रेस ३’ पछि यो हुनेछ सलमानको अर्को फिल्म, यी हुनेछिन् हिरोइन

३ बैशाख २०७५

banner

मुम्बइ। सलमान खान पछिल्लो समय रेस–३ को प्रोजेक्ट पूरा गर्न लागिरहेका छन् । उनले यसपछि आउने अर्को फिल्मको लागि तयारी सुरु गरिसकेका छन् । सलमान अब २०१९ मा रिलिज हुने फिल्म ‘भारत’मा देखिनेछन् । फिल्मका निर्देशक अली अब्बास जफरले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । 

जफरले आगामी फिल्म भारतको प्रि प्रोडक्सनको तयारी जोडतोडका साथ चलिरहेको बताएका छन् । उनले ट्वीटरका लेखेका छन् ‘भारत को तयारीलाई लिएर हामी पूरै जोसमा छौं । छिट्टै यो फिल्मसँग सम्बन्धित रोचक जानकारी दिनेछौं ।’ निर्देशक जफरसँग सलमानको यो तेस्रो फिल्म हो । यसअघि सलमानले उनीसँग फिल्म सुल्तान र टाइगर जिन्दा है मा काम गरिसकेका छन् । 

भारत २०१९ को ईदमा रिलिज हुने बताइएको छ । यो फिल्म २०१४ मा आएको कोरियाली फिल्म ‘ओडी टू माइ फादर’बाट प्रभावित छ । लामो समयदेखि यो फिल्मकी मुख्य अभिनेत्रीको विषयमा चर्चा चलिरहे पनि आधिकारिक घोषणा भने भएको छैन । यद्यपि सुरुमा फिल्ममा प्रियंका चोपडाले काम गर्ने भनिएकोमा पछि कट्रिना कैफ मुख्य भूमिकामा हुने बताइएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »