मालागालाई जित्दै मड्रिड तेस्रो स्थानमा उक्लियो

३ बैशाख २०७५

banner

एजेन्सी । स्पेनिस ला लिगा फुबलटमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति मड्रिडले मालागालाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो । मड्रिडको जितमा इस्को र क्यासेमिरोेले एक–एक गोल गरे । मालागाका तर्फबाट डिएगो रोलानले एक सान्त्वना गोल फर्काए ।

खेलको २९ औं मिनेटमा इस्कोको गोलबाट सुरुवाती अग्रता लिएको मड्रिडले खेलको ६३ औं मिनेटमा क्यासेमिरोको गोलबाट अग्रतालाई दोब्बर बनाएको थियो । खेल निर्धारित समयसम्म २–० मै सकिने अनुमान गरिएपनि खेलको अतिरिक्त समयमा मालागाले एक गोल फर्कायो । डिएगो रोलानले फेडरिको रिकाको पासमा गोल गरेका थिए । 

मालागाविरुद्ध बेल, रोनाल्डोलाई आराम दिइएको थियो । जितसँगै रियल मड्रिड ६७ अंक जोड्दै स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । रियल मड्रिड अझै शिर्ष स्थानको बार्सिलोनाभन्दा १५ अंकले पछि छ । शिर्ष स्थानको बार्साको ८२ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७१ अंक छ । मड्रिडसँग पराजित भएको मालागाभने रेलिगेसनको खतरामा अन्तिम स्थानमा रहेको टोली हो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »