डेढ वर्षपछि एमाले निकट युवा संघको केन्द्रीय कमिटी बैठक

३ बैशाख २०७५
banner

काठमाडौँ । आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ। 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको बैठकमा संघको आगामी महाधिवेशन, समीक्षा, बिदाइ र मनोनयनलगायत कार्यसूची रहेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए।

आन्तरिक विवाद र विभिन्न निर्वाचनका कारण संघको केन्द्रीय कमिटी बैठक डेढ वर्षपछि मात्र बसेको हो। 

बैठकको उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनको घोषणापत्रबमोजिम विकास र समृद्धिको यात्रामा संघ सहयोगी हुनुपर्ने बताए।

संघका अध्यक्ष राजीव पहारी प्रदेश नं ४ को प्रदेश सदस्यमा निर्वाचित हुनुभएपछि नेतृत्व हस्तान्तरणबारे पनि बैठकमा छलफल हुन लागेको हो।

 अध्यक्ष पहारीले एमाले र नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि संघ र योङ कम्युनिष्ट लिगबीचको एकताका लागि तयार रहन आग्रह गरे।

उनले आन्तरिकरुपमा एकमना एकताका साथ अघि बढ्न पनि आग्रह गरे।

संघका पूर्वअध्यक्ष केशव स्थापित, महेश बस्नेत, निरु पालले पनि बैठक सफलताको कामना गरे। बैठक भोलिसम्म बस्नेछ। 
 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l