कोहलपुरमा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

३ बैशाख २०७५
banner

नेपालगञ्ज । बाँकेको कोहलपुरमा आजदेखि आशीर्वाद पेन्ट्स नेपालगन्ज कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ। 

प्रतियोगिताको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तेण्डी शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

यही वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ टोलीको सहभागिता छ । ग्रिन इभेन्टोले आयोजना गरेको प्रतियोगिताका विजेतालाई रु एक लाख १० हजार र उपविजेतालाई रु ५० हजार पुरस्कार दिइने जनाइएको छ। 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |