आँचल शर्मा र पुष्पल खड्का पहिलो पटक ठूलो पर्दामा स्क्रिन सेयर गर्दै

डिसी नेपाल
२४ मंसिर २०७५ ७:२२

अभिनेत्री आँचल शर्मा र पुष्पल खड्का पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गर्दै छन ।यस अघि भिडियोमा भने यो जोडीलाई दर्शकले देखिसकेका छन ।

अभिनेत्री आँचल शर्मा नाइँ नभन्नू ल ४ु, जोनी जेन्टलम्यानु र शत्रु गतेु मा अभिनेता पल शाहसँग जोडी बाँधिएपछि आँचललाई एउटा प्रश्नले निकै खेदिरह्यो, पल बिनाको फिल्म नगर्ने हो रुु यसको जवाफ उनले फिल्म ब्ल्याकु बाट दिइन् । उक्त फिल्ममा उनको जोडी अभिनेता आकाश श्रेष्ठसँग कसिएको थियो ।

अहिले यो दुइको जोडी म्यूजिक भिडियोमा मात्र बढी देखिन थालेको छ । शत्रु गतेु पछि दुईले साइन गरेको फिल्ममा एकअर्का छैनन् । वीर विक्रम २ु मा पलको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी छिन् भने निर्माण हुन लागेको फिल्म हृदय भरीु मा नयाँ अभिनेत्री खोजिँदैछ ।
अभिनेत्री आँचल लामो समय हुलमुलका फिल्म नगर्ने अडान लिएर बसेपनि अन्ततः कलाकारको भीडभाड रहेको फिल्म दाल भात तरकारीु गर्न राजी भइन् । यसमा उनको जोडी अभिनेता पुष्पल खड्कासँग बाँधिएको छ । गत वर्ष रिलिज भएको फिल्म मंगलमु पछि अभिनेता खड्कालाई नेपाली फिल्म क्षेत्रले चम्किला नक्षेत्रको रुपमा हेर्न थालेको छ ।

मह सञ्चारको ब्यानरमा सुदन केसीको निर्देशनमा हाल छायांकन भइरहेकोे फिल्म दाल भात तरकारीु मा प्रेम जोडीको रुपमा दुईलाई दर्शकले हेर्न पाउनेछन् । एक अन्तर्वार्तामा अभिनेत्री शर्माले पुष्पलसँग काम गर्दा निकै सहज महशुस भएको बताएकी छन् । पुष्पल पनि आँचलसँग काम गर्दा निकै रमाइलो भएको बताउँछन् । फिल्ममा पुष्पल राउ र आँचल पिंकी को भूमिकामा छन् । हरिवंश आचार्य र निरुता सिंहले पुष्पलको माता\पिताको भूमिका निभाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *