महोत्तरीको रामनगर जंगलबाट लाखौँको लुटपाट

८ बैशाख २०७५
banner

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटपाट भएको छ ।

शनिबार बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा बर्दिबासस्थित सूर्य नेपाल डिलरका कर्मचारी उद्धव पराजुलीको साथबाट अज्ञात समूहले नगद नौ लाख रुपैयाँ र एकथान मोबाइल लुटेको हो ।

जिल्लाको औरही, गौशाला लगायतका बजारबाट पैसा संकलन गरी ज १ च ८९९ नंको बोलेरोमार्फत साँझको समयमा बर्दिवासतर्फ जाँदै गरेको अवस्थामा बीच जंगलमा पुगेपछि सो लुटपाट भएको सशस्त्र प्रहरी बेसक्याम्प रामनगरले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारीअनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीसँग मोटरसाइकलमा आएका केही अपरिचित समूहले गाडी रोकी लुटपाट गरेको हो ।

घटनाको सम्बन्धमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेका थिए । घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।