भारतमा मोटरसाइकल चोरी, नेपालमा विक्री धन्दा

९ बैशाख २०७५
banner

काठमाडौँ । प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार चोरी भएका १३ वटा मोटरसाईकलसहित दाङ केहुलीका सनम चौधरी, मकवानपुर धिमाल घर भएका धनबहादुर योञ्जन र दोलखा बिर्तेश्वर घर भएका गोपाल नेपालीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी गराएको हो। 

भारतबाट मोटरसाईकल चोरी गरी चितवनमा राखेर देशका विभिन्न भागमा विक्रीवितरण गर्ने पाइएको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

नक्कली बिल बुक बनाएर चोरीको मोटरसाईकल विक्री वितरण हुने गरेको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।