एसिड भन्दै पानीको बोतल देखाई ३ लाख लुटियो

११ बैशाख २०७५
banner

काठमाडौं । देशको राजधानी काठमाडौं सुरक्षित छैन भन्ने उदाहरण एउटा नयाँ लुटपाटको घटनाले साबित गरेको छ । राजधानी काठमाडौंको कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) बाट सोमबार नगद ३ लाख लुटपाट भएको छ । 

ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई अपरिचित व्यक्तिले एसिड भनि पानीको बोतल देखाई काउन्टरको पैसा नदिएमा एसिड खनाई दिन्छु भनेर धम्काई उक्त नगद लुटपाट गरेको बताइएको छ । 

आईएमई सेन्टर काठमाडौँ कलंकी घर भएका ४४ वर्षीय राजेन्द्र बस्नेतको हो ।   

फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।