महान रेस्लर तथा अभिनेता रकको पोस्टले सबैको आँखा रसायो

१२ बैशाख २०७५

banner

रोचक । डब्लुडब्लुई हुँदै हलिउडमा प्रवेश गरेका रक अर्थात् ड्वेन जोनसन तेस्रो सन्तानको बुवा बन्न सफल भएका छन् । अभिनेता तथा रेसलर जोनसनकी श्रीमति लरेन जोनसनले तेस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छन् ।

यो खबरबाट खुशी भएका जोनसनले आफ्नी सानी छोरीसँगैको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका छन् । जोनसनको यो तस्बिरले अहिले धेरैलाई भावुक बनाउनुका साथै एउटा पितालाई आफ्नो सन्तान प्रतिको दायित्व बोध गराएको छ । यो तस्बिरमा जोनसनले आफ्नी छोरीलाई छातीमा टासेका छन् । यसका साथै उनले आफ्नो भावना पनि व्यक्त गरेका छन् । उनले छोरीको नाम टियाना जिया जोनसन राखेका छन् ।

आफ्नो भावुक संदेशमा जोनसनले लेखेका छन्( म एउटा अर्को शक्तिशाली छोरी पाएर अत्यन्तै खुशी तथा सौभाग्यशाली अनुभव गरिरहेको छु । टियाना यो संसारमा प्रकृतिले दिएकको शक्तिको रुपमा आएकी छन् । मम्मी लरेन जोनसनले पनी तिमीलाई एउटी रक स्टारको रुपमा जन्म दिएकी छन् । म अत्यन्तै माया गर्ने तथा दृढ शक्तिले भरपुर महिलाको बीचमा छु ।

टियानाको जन्ममा सहयोग गरिसकेपछि म लरेन तथा उनी जस्तै सबै महिलाहरु प्रति मायाको नयाँ स्तरमा पुगिसकेको छु, जसलाई व्यक्त गर्न निकै मुश्किल छ । म उनीहरु सबैलाई सम्मान तथा प्रशंसा गर्दछु ।

म एउटा कुरा अझै जोड्न चाहान्छु कि जब कुनै महिला बच्चालाई जन्म दिने तरखरमा हुन्छिन्, त्यस्तो बेलामा उनलाई साथ तथा समर्थन को अति आवश्यक हुन्छ । यसमा पनि महत्वपूर्ण समय त्यो हुन्छ, जतिबेला तपाईको सन्तान यो संसारमा आउँछ । यो जीवनमा परिवर्तन गर्ने र एक महिला प्रति सम्मान तथा प्रशंसा गर्ने क्षण हो ।
 
आफ्नाी छोरीलाई उनले भनेका छन् टियाना जियालाई पनि अन्य दूई जेठी छोरीहरु सिमोन एलेगजेन्ड्रा तथा जस्मिन लियालाई जस्तै माया गर्ने छु, गाइड गर्ने छु साथै रक्षा पनि गर्ने छु । म बाँकी जीवन उसको मुहारमा हाँसो ल्याउनका लागि मेहनत गर्ने छु । उसो त तिम्रो बुवाको काँधमा अन्य धेरै जिम्मेवारीहरु छ, तर सबै भन्दा राम्रो मलाई तिम्रो बुवाको जिम्मेबारी बहन गर्न पाउँदा लागेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »