बिरामी बावुबाट दिक्क भयो छोरो, रुखको फेदमा बाँधेर कुटिरह्यो

१२ बैशाख २०७५

banner

अपराध ।  भनिन्छ आमाबावु देवता समान हुन् । आमाबावुको सेवा गर्नेले स्वर्गमा बास पाउँछ भन्ने आम विश्वास रहिआएको छ । तर समाजमा कतिपय घट्ना यस्ता पनि सुनिन्छ र देखिन्छ जसले मानवीय नातालाई नै लज्जास्पद बनाएको हुन्छ ।

यस्तै एउटा घट्नाले अहिले सनसनी मचाएको छ जसमा एउटा छोरोले आफ्ना बुढा बुवाको रोगबाट दिक्क भएर उहाँलाई एउटा रुखको फेदमा बाँधेर कुटेको छ ।

घट्नाको भिडियो बनाएर एक युवकले सामाजिक सञ्जालमा सेयर गरेपछि अहिले यो भिडियो भाइरल भएको छ । समाचारमा उल्लेख गरिए अनुसार भारतको उत्तरप्रदेशको कुशीनगर भन्ने ठाउँमा जतिबेला छोरोले बावुलाई कुटपिट गर्दै थिायो उसको भाई पनि त्यही उपस्थित थियो ।

समाचारमा उल्लेख गरिए अनुसार बृद्धको मानसिक अवस्था ठीक छैन । अनि यसैका कारण उहाँका छोराहरुले उहाँलाई घरबाट चार वर्ष पहिल्यै निकाली दिएका थिए ।

 तर सन्तान र घरको मायाका कारण बेलाबेलामा बृद्ध घरमा आउने गर्दथे । सोमबार पनि जब बृद्ध घर आए उसको ठूलो छोरो मोनु ले अपमानित गरेर बावुलाई घरबाट निकाल्ने कोशिश गर्यो ।

आफ्नै घरबाट आफूलाई लखेट्ने कोशिश गरेकोमा बावुले छेउमै रहेको एउटा ईटा टिपेर मोनुलाई हिर्काउने कोशिश गरेका थिए । बावुको उपस्थितीलाई सहन नसकेपछि जेठो छोरोले बावुलाई एउटा रुखको फेदमा बाँधेर जनाबरलाई जस्तै कुटपिट गरेको हो ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »