अनाथ भएका त्यो क्षण - कृष्ण के.सी.

९ फाल्गुन २०७३

अनाथ भएका त्यो क्षण 
                               कृष्ण के.सी. 
 
" मेरो मुख देख्ने मन भए यो पत्र पाउन साथ त्यहा खाएर यहा चुठ्न आउनु l "
 
जीवन देखि निरास भएर लेखिएको मेरो बाबाको हस्त लिखितअन्तिम पत्र बोकेर म भारतीय रेल गाडीको डिब्बामा बसेर रेलको गतिसँगै एकनासले हल्लिरहेको थिए l यात्रा अबधिभर भारतीय नागरिकका अपहेलनाका शब्दहरूले म हासोको पात्र बनिरहेको थिए l बहादुर,कान्छा जस्ता अनेकन शब्दहरुले मेरो शिरमा हिमाल जस्तै ठडिएको नेपाली टोपीको खिल्ली उडाएको भान भैरहन्थ्यो l तर मलाई जसरी पनि पुग्नु  थियो त्यो धर्तीमा जहाको धर्तीले मलाई जन्म दिने मेरी आमाको भौतिक शरीर खाइसकेको थियो l अब फेरि मेरो बाबालाई निल्ने कोशिस गर्दै थियो l 
 
कसैको मजाक वा खिसीट्यूरी सुनेर पनि चुपचाप सहिदिनु मेरो बाध्यता थियो l एकनासले दौडाउदै रेलको डिब्बाले मलाई मेरो गन्तव्य तर्फ घिसारिरहेको थियो l गन्तव्य स्थल म जन्मिएको माटोले म जन्मदा जमिनको केही अंश दिएको थियो l जहा म हुर्किएर कुद्न उफ्रन सिकेको थिए l ८ वर्षको छदा छोडेको त्यही धर्ती पुन:७ वर्ष पछि टेक्दै गर्दा ममत्वको मिठोअँगालो मबाट गुमिसकेको थियो l 
 
 पत्नी बिहीन मेरो बाबा जीवनको अन्तिम साससँग सकी नसकी संघर्ष गर्दै रित्तो घरको आँगनीमा छटपटाइरहनु भएको थियो lओच्छ्यानमा लम्पसार परेर प्रतीक्षा गरिरहेका मेरो बाबाको चरण छोएर बिछोड र पश्चातापकका कोसेली छातीभरि चुहाई दिदा बदलामा मैले पनि पुत्र प्रेम बाट अत्तालिएर स्वस्फुर्त रुपमा खसेका  बाबाको  तिनै उपहार ग्रहण गरेको थिए l
 
उस्तै थियो म जन्मेको घर l उही गोठ उही आँगन अनि उही करेसा बारी l फरक थियो त आमाको अनुपस्थितिले सिर्जित गरेको उजाडपनहरु  l घरभित्र छिरे l अँगेनामा सिल्बरको सानो भाडोमा रहेको बासी भातले आमाको अनुपस्थितिको मजाक गरिरहेको थियो l 
 
" बाबा भाइ बहिनी खोइ त ?" मात्र पुर्लुक्क हेर्नुभयो,केही बोल्नु भएन l 
 
आँखा अगाडिको परिस्थिति देखेर थकानले बिश्रामको महसुस पनि गरेन l फोहोर भएर बसिरहेकोओच्छ्यान फेरि दिए l केवल हाड छालाले मात्र बेरिएको शरीर कति दिन देखिको भोको थियो l पानी तताएर चिसोले कलेटी परेको ओठ भिजाइ दिए l बाबुछोराको न्यानो स्पर्स देखेर साँझ पखको चिसो सिरेटो पनि खुसीले गदगद हुदै टाढा-टाढा भाग्दै थियो l                
 
" बहिनी यतै कतै हुनु पर्छ l त्यही त छे तातो पानी तताएर दिने l तेरी आमा मरे देखि तेरो भाइ राम्रोसँग यो घरमा बसेको पनि छैन l " नमिठो मुख बनाउनु भयो l 
 
 एकछिनको बार्तालाप पछि सहाराबिहीन रोगले ग्रस्त एउटा शरीर ओच्छ्यानमा त्यसरी ढल्यो जसरी ढल्नुमा आफूलाई उसले अभ्यस्त बनाइसकेको थियो l म मुकदर्सक भएर हेरिरहे l मेरो सहारा केवल अस्थायी सिबाय केही हुदैनथ्यो l स्थायी सहारा त एउटा लोग्ने मान्छेको उसको जीवनसाथी मात्र हुन सक्छ, जसलाई मेरो बाबाले गुमाई सक्नुभएको थियो l उत्तानो परेको शरीर जीवनभर साथ र सहयोग दिने जीवन साथीको अभावमा लगलग कापिरहेको थियो l निनाउरो चेहराको भावले जिन्दगीभर दुखमा साथ दिने जीवन साथीको साथ र सहयोगको अपेक्षा गरिरहेको थियो l जे थियो पीडा वा वेदना मेरो बाबासँग थियो l म त केवल औपचारिकताको दर्सक बनेर छेउमा बसेर हेरिरहेको थिए l मेरो अनुपस्थितिमा कुनै आफन्तको दया जाग्दा बिहान उठाएरआँगनमा राखी दिन्थ्यो l बेलुका आएर भित्र लागि दिन्थ्यो l केवल काल पर्खिदाका ती क्षण बाबाको अगाडि हरेक दिन काल डोली लिएर आउथे, पर्खिन्थे अनि रित्तो भएर फर्किन्थे l
 
" तेरी आमाले छोडेर गई अब म पनि उसैसँग जान्छु l भाई बहिनीको राम्रोसँग ख्याल गर्नु l छोरो होस, तेरो भागको सम्पत्ति राखी दिएको छु l राम्रोसँग पढ्नु अनि पढाउनु l "
 
 दायित्वका उपदेशहरू यसरी सुनिरहदा मलाई मेरा कर्तव्यले खिसीट्यूरी गरिरहेका थिए l बिगत आँखा सामुन्ने आएर जिस्काइरहन्थे l मेरो शिक्षामा बाबाले गरेको लगानी र मेहनतले मलाई लज्जाबोध गराइरहेको थियो l आफन्तको अपनत्व, आफ्ना प्रतिको दायित्व र कर्तव्यले मलाई यहीनिर पाठ पढाइरहेको थियो l मेरा बाबाका यी अर्ती र उपदेशहरू मैले बाबासँगै रहेर ग्रहण गर्ने मौका पाउनु पर्थ्यो तर त्यसो हुन सकेको थिएन  l बाबाकोआफ्नै कर्तव्यको अगाडि मेरो केही सिप नलागेपछि एकजोर नयाँ लुगामा सिङ्गारिएर धित मरुन्जेल आमाको गुन्यूको फेरो समाएर कोखिलामा लुटपुटिदै ममत्वको स्नेहयुक्त गन्ध बोकेर आफ्ने देशको भाषा प्राप्त गर्न बालापनमै लखेटिएको थिए l
 
परिस्थितेले अब भने बाध्य बनाएर मलाई कर्तव्यको आँगनमा नराम्रो गरी पछारि दिएको थियो l बहिनीलाई खोजेर ल्याए, परिचय दिए l उसले चिन्न सकिन तर लम्बे बहस पछिआफ्नो दाई  स्वीकार गरी l भाई मेरो नजिकै पर्न मानेन l नजिक परोस पनि कसरी ? आफू ८ वर्षको हुदासम्म पनि हामी बीचको नाता सम्बन्ध कसैले परिभाषित गरी दिएकै थिएन l ऊ भागिरह्यो l धेरै दिनको प्रयासबाट पनि ऊ मसँग नजिक हुन सकेन l आमा बिनाको घर र परिवार मैले मेरा आँखा अगाडि छर्लंग देखिरहेको थिए l 
 
बालापनको मेरो क्षमता दायित्व र कर्तव्यलाई मैले चाहेर पनि पुरा गर्न सक्दिनथे l बाबाले थाहा पाएरआफ्नो मृत्यू पर्खिरहनु भएको थियो भने मैले थाहा नपाइकन कुरिरहेको थिए l अनबरतको मेरो बचपना प्रयास केवल बाबा प्रतिको अपनत्वमा औपचारिकता लिएरआफ्नै गतिमा हिडिरहेको थियो l सानी बहिनीको घरयासी धन्दाले आमाको उपस्थितिको खाचो केही हदसम्म पुरा भै रहेको थियो l
 
" ठुले भित्र गएर तेरी आमाको बाकस लिएर आइज l "
 
 बाकस उही थियो जुन बाकसको ताल्चा झुन्डाउने  कब्जा मैलेनै  सानो छदा फोरी दिएको थिए l उस्तै थियो l धैसो मैलो उही कालो बाकसले मेरो बिगतको कर्तुत माथी मलाइऔला ठडाएर खबरदारी गरे जस्तै लग्यो l  ताल्चा बिनाको त्यहि बाकसमा मेरी आमाका तिनै गुन्यू र साडीहरु थन्किएर रहेका थिए l जुन गुन्यू म आमा बाट बिछोडिदा धित मरुन्जेल सुघेर आमा संग बिदा बारी भएको थिए l  बाबाको मध्यसत्तामा साडी र केहि गहना बहिनीहरुको लागि छुट्टाइए l केहि तमसुक र लालपुर्जा हामी छोराको लागि l छोराछोरी हरु प्रतिको यति दायित्व पुरा गरे पछि बाबाले लामो सास फेर्दैआमालाई सम्झिदै भन्नु भयो  - "काली मैले तेरा छोराहरुलाई भएको सबै सम्पत्ति बुझाए l  अब म तँ संगै आउदै छु l 
 
आफू अगाडिको मृत्यू बाबाले देखि सक्नु भएको थियो l रोगले ग्रस्त शरीरले बारम्बार देखाई रहने  लक्षणहरु बाट म भने अनभिज्ञ थिए l आफन्त नातेदारहरुआउथे, हालखबर बुझ्थे अनि जान्थे l उनीहरुको सांकेतिक भाषा बाट मैले चाल पाउथे - अब समय धेरै छैन l तर पनि बाबा मेरो हुनुहुन्थ्यो l नजिकै बसेर बाबाका आँशु पुछी रहन्थे l माघ महिनाको सुरुवाती दिनहरु काला काला बादलहरु चिसो छर्दै एकनासले दौडी रहन्थे भने एकछिनको बिहानी झुल्के घाममा कुहिरो र हुस्सुले तिनै चिसो बोकेर बादलहरु पच्छाई रहन्थे l 
 
मृत्यूको अन्तिम दिन l गोठमा बाधिएको गाइ पनि एकनासले कराई रहि  l बिहानको भुकभुके उज्यालो चिसो ओच्छ्यानमा बाबाको नजिकै सुति रहेको थिए l सासले बोलाउदै भन्नु भयो -" ठुला जा गएर भाइलाई बोलाएर आइज  l "
 
म आएको महिनौ हुदा पनि भाई कुनै दिन घरमा आएको थिएन l कहाँ बस्थ्यो के खान्थ्यो वास्ता पनि गरिएन l गाउँ  समाजले पनि आमा मरे देखि उसको अनुपस्थितिलाई स्वाभाविक रुपमा बुझी दिए l भर्खर ८ बर्षको नाबालक कैयौ प्रयास गर्दा पनि ऊ म बाट टाढाको  टाढा नै भै दियो l गोठको गाइले आफ्नो मालिकको अन्तिम दिन बुझेर कराउदै दिएको संकेत सायद भाईले पनि बुझेछ l एक बिहानै पोखारिको डिलमा उभिएर एक कोहोरो आफ्नो घर तर्फ हेरी  रहेको थियो l वात्सल्य ममताले उसको पाखुरामा समाएर डोराउदै घरमा लिएर आए l त्यतिन्जेल बाबा अन्तिम सास कुरेर छटपटाइ रहनु भएको थियो l आफन्त नातेदारको घेरा बन्दीमा आँशु खसाल्दै जबरजस्ति लामो लामो सास तानीरहनु भएको थियो l घ्यार घ्यार आवाजमा सानो छोराको प्रतिक्षामा फेरिएको लामो लामो सास त्यहि छोराले दिएको अन्तिम पानीको थोपा पिएर तनक्क तन्किदै सदा सदाको लागि हामि बीच बाट बिदा भएर जानु भयो l यतिबेला गोठमा कराई रहेकी गाइ पनि मौन भाई दिएकि थिई भने रातभरी धुम्म परेको आकास पनि छ्याङ्ग भएर निलो देखिएको थियो l
 
घिट्किसो मृत्यूको अन्तिम चाहना मैले त्यति बेला बुझ्ने मौका पाए l मान्छेले मृत्यू बरण गर्दा रोकिने वाक्यको भाव बुझ्न सकियो भने मृत्यूमा मानिसले सायदै त्यति दुखको सामना गर्नु पर्ने थिएन होला l मेरो बाबाको मृत्यूको त्यो कठिन घडीमा लगातार बगी रहने आँशुको धेरैअर्थ मैले पनि बुझ्न सकिन l आफू मरे पछिको बबुरो त्यहि कान्छो छोरो थियो l सायद आफ्नो अनुपस्थितिमा उसले दुख पाउछ भन्ने पिडामा रोइ रहनु भएको हुनु पर्छ l त्यसैले त होला भाइले दिएको पानीको थोपा पिएर सजिलै आफ्नो देह त्याग गर्नु भएको थियो l  जेठो अलि जान्ने  बुझ्ने भएकोमा बाबाले मलाइ भन्दा भाई प्रति देखाएको अपनत्वले  म भित्र भित्र डाहामा कुंडीएको थिए l तर बाबा मरि सक्नु भएको थियो l  भाई बहिनीको अत्यासलाग्दो रुवाइ सहितको जिन्दगीको अभिभारा अब मेरो काधमा आएर थोपरिएको थियो l 
 
 एकातर्फ़ मेरो बाबाको चिसाम्मे पार्थिब शरीर ढली रहेको थियो भने अर्को तर्फ बाबाले दिएको जिम्मेबारी कोखिलाभरि जम्मा भएर थुप्रो लागेको थियो l दुई भाईले बाबाको पार्थिब शरीरलाई अन्तिम काध दिदा लाग्थ्यो डेढ वर्ष पहिले हामीलाई छोडेर जानु भएकी हाम्री आमाले हाम्रो काध पाउन नसके पनि बाबालाइ आफ्नो काध दिएर आफ्नो जिम्मेवारी बहन गरेकोमा कहिँ कतै बाट हामीलाई  स्याबासी दिई रहनु भएको थियो l
 
न कुनै नदि न त कुनै खोला l माटोको ठुलै ढिस्कोले बनेको दाह सस्कार स्थल स-साना झाडीले भरिएको  थियो l आफन्त हरुकै सल्लाहमा आमाको समाधि स्थल नजिकै बनाइएको चितामा बाबा चिर निन्द्रामा लम्पसार परेर निदाई  रहनु भएको थियो l एउटा छोराको कर्तब्य बोधमा मैले बाबाको अन्तिम सुसार गर्दै मृत शरीरको पैतालामा आफ्नो शिर झुकाई दिएको थिए l अनाथ मेरो भाई  केहि टाढा खेतमा कोदाली संग खेल्दै बाबा आमा बिनाको जिन्दगीको भबिष्य खोजि रहेको थियो l स्तब्ध त्यो उराठ समाधि स्थलमा हाम्रो बाबाको भौतिक शरीरआगोको मुस्लोमा जलेर खरानी बन्दै आकाश तर्फ बेतोडले उडी रहेको थियो l हुन सक्छ बाबाको आत्माले मेरी आमा संग बसेर हाम्रो भविष्यको नजर अन्दाज गरि रहनु भएको थियो l भाई अघिअघि म पछि पछि बाबाको भष्म खरानी लिएर कुँवा बाट एक बाल्टी पानि उगाएर गंगाजीलाइ सम्झदै बगाई दिएका  थियौ l भोलि देखि हाम्रो अघि न पछिअब कोहि हुने छैन l साच्चिकै हामि अनाथ भएका थियौ l
 
 नितान्त रित्तो घरको एउटा कुनामा म सेतो कपडामा बेरिएर बयस्क छोरा हुनुको कर्तब्य पुरा गरि रहेको थिए l अबोध मेरा भाई बहिनी मेरो छेवैमा बसेर आउदा दिनको भबिष्य मेरा नजरहरुमा खोजि रहेका थिए l 

Leave a reply

HTML Tags are not supported

Post My Comment »